Friday, November 30, 2012

कीर्तिपुरमा क्रान्तिकारी मजदुर संघ गठन

कीर्तिपुरमा क्रान्तिकारी मजदुर संघ गठन

वर्ष ९, अंक ३३ (२०६९ मंसिर १५ गते शुक्रबार प्रकाशित)
    नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी मजदुर संघ सित आवद्ध विभिन्न पेशामा संलग्न मजदुरहरुको भेला बुधबार कीर्तिपुर नपा वडा नं. ९ ढोकासीमा भयो ।
    नेक्रामसंघका केन्द्रीय उपाध्यक्ष नारायण महर्जनको उपस्थितिमा भएको भेलाबाट का. विकास महर्जनको अध्यक्षतामा सात सदस्यीय नेक्रामसंघ कीर्तिपुर नगर समिति गठन गरियो । त्यसक्रममा केन्द्रीय उपाध्यक्ष महर्जनले मजदुरहरुको हक अधिकार सुनिश्चित गर्न मजदुर संघको गठन आवश्यक रहेको बताउनुभयो ।
    वहाँले कमिटि गठन गर्ने क्रममा सबै मजदुहरुले संगठनको विधान अध्ययनमा जोड दिँदै विधान बाहिर बसेर काम गर्न बेइमान हुने भन्नुहँदै नेपालमा हरेक पार्टीको मजदुर संगठन रहेपनि क्षणिक स्वार्थमा दुवेको र मजदुरलाई मुक्तिको लागि शिक्षा नदिएको चर्चा गर्नुभयो ।
    कार्यक्रममा नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जन, मजदुर बुद्धिमान महर्जन र  विकास महर्जनलगायतले पनि मजदुर संगठनको आवश्यकता र भूमिकाबारे बोल्नुभएको थियो । नव ंगठित मजदुर संघले ४५ औं मजदुर संघ स्थापना दिवसको अवसरमा अन्तरक्रिया गर्ने भएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete