Friday, November 23, 2012

कीर्तिपुरवासीको हितमा त्रिविका तीन उच्च पदस्थ नै बाधक

कीर्तिपुरवासीको हितमा

त्रिविका तीन उच्च पदस्थ नै बाधक

वर्ष ९, अंक ३२ (२०६९ मंसिर ८ गते शुक्रबार प्रकाशित)
    कीर्तिपुर । त्रिभुवन विश्वविद्यालय स्थापनार्थ कीर्तिपुरवासीमा परेको जग्गा जमिनमाथि भएको आघात अहिले ५ दशकसम्म पनि मलम पट्टि लगाउन सकेका छैनन् ।
    त्रिविमा  अहिले कीर्तिपुरवासीका छोरा १७ औं पटक उपकुलपति हुँदा पनि कीर्तिपुरवासीको नाममा प्रस्तुत १५ बुँदे माग पुरा हुने छाँट फेरि टाढा हुँदै गइरहेको छ ।
    टायरको धुँवा, कोठा बन्दी, झ्यालको सिसा तोडफोड, उच्च पदाधिकारीको कार्यालय र मुख्य प्रवेश द्वारको ताला नलगाएसम्म नचेत्ने त्रिविको नियत त्रिविको व्यवहारले माग गरेको छ ।
    कीर्तिपुरवासीको हितमा त्रिविका तीन उच्च पदस्थ उपकुलपति, रेक्टर र रजिष्टार नै बाधक भएको आभास कीर्तिपुरका जनताले गर्नुपर्ने बाध्यता फेरि सिर्जना हुने संकेत देखापरेको छ ।
    पटक पटक आन्दोलन र वार्ता भएपनि नटुङ्गिएको मुद्दालाई त्रिवि र राज्यको चाहना अनुसार कीर्तिपुरमा क्रियाशील राजनैतिक दल, आन्दोलनरत पक्ष, नागरिक समाजलगायत संघ संस्थाको प्रतिनिधित्व हुनेगरी त्रिवि सर्वपक्षीय सरोकार समिति गठन गरी माग पुरा गराउने टेवुल वार्ता भइसकेपछि पनि तीन महिनादेखि वार्ताको चुरोफुरो शुन्य छ ।
    त्रिवि सर्वपक्षीय सरोकार समितिका संयोजक शम्भुराम महर्जनले त्रिविका उच्च पदस्थ ब्यक्तिसँग सम्पर्क गर्दा पनि विभिन्न बहानामा तीनजनाले हुन्न कहिल्यै नभन्ने काम कहिल्यै नबन्ने भयो भनेर चिन्ता व्यक्त गरेका छन् ।
    त्रिविले वार्ता गर्न तीन जना गंगा बहादुर थापा, नारायण प्रसाद खनाल, भोला प्रसाद ढकाल तिनीहरु पनि तैं चुप मैं चुप भैरहेको स्रोतले बताएको छ ।
    वार्तामा बसेर तत्काल, अल्पकाल र दीर्घकाल रुपले माग पुरा गराउन सक्ने सम्भवना निर्धारण भैसक्दा पनि अलमल किन ? वार्ताका खुसीका सन्देश कीर्तिपुरवासीमाझ यो पत्रिकामार्फत पटकपटक प्रेशित भईसकेको अवस्थामा कमसेकम सम्वाद वार्तालाई मात्र भएपनि अग्रसरता दिनुपर्ने आवश्यकता छ ।
    कीर्तिपुरवासीको घाउमा नुनचुक छर्ने काम मात्रै भइरहयो भने धैर्यताको बाँध फुट्न सक्दछ । उच्च पदाधिकारी र वार्ता टोली समयमै सचेत हुनु जरुरी छ ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete