मधुमेह (Diabetes Mellitus) बारे
थाहा पाउनु पर्ने आधारभूत (Basic) कुराहरु
वर्ष ९, अंक ३३ (२०६९ मंसिर १५ गते शुक्रबार प्रकाशित)
– मधुमेह भनेको के हो ?
रगतमा आवश्यक भन्दा बढी ग्लुकोज (Glucose/Sugar) हुने अवस्थालाई मधुमेह (Diabetes/Mellitus) भनिन्छ ।
– रगतमा ग्लुकोजको मात्रा कति सम्म हुन ठीक मानिन्छ ?
खाना खानु अधि (खाली) पेटमा (BSF): 60-110mg%
खाना खाएको २ घण्टापछि (BSPP): 70-140mg%
खाना खाएको २ घण्टापछि (BSPP): 70-140mg%
– मधुमेह किन हुन्छ ?
हामीले खाएको खाना विशेष गरी कार्बोहाइड्रेट, पा“चनप्रक्रिया अन्तर्गत ग्लुकोजमा परिणत हुन्छ । सो ग्लुकोज शरीरको कोषहरु (Cells) मा सदुपयोग (Metabolism) हुन प्यानक्रियाज भन्ने ग्रन्थिले उत्पादन गर्र्ने इन्सुलिनको आवश्यक पर्दछ । ग्लुकोज शरीरका कोषहरुको लागि शक्ति प्रदान गर्ने अति आवश्यक इन्धनको रुपमा लिइन्छ । कारणबस प्यानक्रियाज ग्रन्थीले इन्सुलिन आवश्यक मात्रामा उत्पादन गर्न सकेन भने ग्लुकोज (सुगर)को सदुपयोग (Metabolism) हुन सक्दैन र रगतमा ग्लुकोजको मात्रा जम्मा हुन थाल्छ ।
अन्य कारणहरुः
१) वंशानुगत, उच्च रक्त चाप
२) निष्क्रिय जीवनशैली (शारीरिक व्यायाम कम) ज्यादा मोटापन (शरीरको तौल आवश्यक भन्दा बढी हुनु), तनाव (Anxiety)
३) हर्मोनयुक्त औषधीहरुको लामो समयसम्म प्रयोग
४) प्यानक्रियाजको दीर्घकालीन रोग
५) गर्भावस्था (Gestestional Diabetes) गर्भवती अवस्थामा देखापर्छ र बच्चा जन्मिसेकपछि ६ हप्तामा हराएर जान्छ ।
६) उमेर ३० वर्ष भन्दा बढी (सम्भावना बढी हुन्छ) ।

मधुमेहको उपचार तथा नियन्त्रण कसरी गर्ने
१) मधुमेह र आफ्नो शरीरको अवस्था बारेमा सम्बन्धित विशेषज्ञ, डाक्टर, स्वास्थ्यकर्मीबाट जानकारी लिनु आवश्यक छ ।
२) डाक्टर, स्वास्थ्यकर्मीले दिएको सल्लाह अनुसार निम्न कुराहरु पालना गर्नुपर्दछ ।
क) नियमित स्वास्थ्य परीक्षण तथा परामर्श ।
ख) मधुमेह भएको व्यक्तिको अवस्था अनुसार प्रत्येक हप्ता या महिनामा रगतमा सुगरको परीक्षण खाना खानु अधि र खाना खाएको २ घण्टापछि गर्नुपर्दछ ।
ग) शारीरिक व्यायाम (दैनिक ३० मिनेट छिटो–छिटो हिँड्ने)
घ) स्वास्थ्यवर्धक खाना (Diabetes Diet) खाने ।
ङ) नियमति औषधी सेवन गर्ने ।

अनियन्त्रित मधुमेहले गर्न सक्ने असरहरु
(Complications of Diabetes Mellitus)
यदि लामो समयसम्म रगतमा ग्लुकोज (Sugar) आवश्यक भन्दा बढी जम्मा भइरह्यो भने यस्तो अनियन्त्रित मधुमेहले शरीरको महत्वपूर्ण अंगहरुमा निम्न असर गर्न सक्दछ ।
– आँखामाः दृष्टि धमिलो हुँदै जाने – रेटिनोप्याथी (Retinopathy)
– मृगौलामाः मृगौलाको कोषहरु क्षति भई मृगौलाको कार्य ह्रास हुने – नेफ्रोप्याथी (Nephopathy)
– मुटुमा: उच्च रक्तचाप, पक्षघात (Stroke), हृदयघात (Heart Attack)
– खुट्टा पैतालामाः अल्सर भई कुहिने (Gangrene)
अनियन्त्रित मधुमेहको दुष्परिणाम यस्तो खतरनाक भएको हुनाले कम्तिमा वर्षको एक पटक आ“खा, मुटु, मृगौलाको जा“च गर्नु पर्दछ ।

कीर्तिपुरमा मधुमेह र हाम्रो सेवा
विशेषगरी शहरी क्षेत्रमा मधुमेह भएका व्यक्तिहरुको संख्या बढ्दो छ र कीर्तिपुरमा मधुमेह भएका व्यक्तिहरुको यकिन तथ्याङ्क नभएता पनि यसको संख्या अत्यधिक भएको अनुमान गर्न सकिन्छ । जीवनशैलीमा आएको परिवर्तन, खानपिन र शारीरिक व्यायामको कमी नै यसको मुख्य कारण मानिन्छ । यो रोग नियन्त्रणको लागि सरकारीस्तरबाट हालसम्म ठोस योजना नभएको स्थितिमा “आस्था नेपाल” नामक गैर सरकारी संस्था (NGO) ले मधुमेह बारे जनचेतना, यसको नियन्त्रण र आधुनिक चिकित्सा पद्धति अन्तर्गतको उपचार स्थानीय व्यक्तिहरुको लागि स्थानीय स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीबाट नै सेवा दिन सकोस् भन्ने अभिप्रायले यस कीर्तिपुर मेडिकल हल तथा जनहित क्लिनिक (विगतमा हेल्य केयर क्लिनिक) का फिजिसियन र स्वास्थ्यकर्मीलाई मधुमेह नियन्त्रण र यसको स्तरीय उपचार विधिबारे तालिम दिएको हो । आस्था नेपालकै अगुवाईमा हामीले समय समयमा जनचेतनामूलक ‘मधुमेह शिविर’ पनि संचालन गरेका छौं ।
मधुमेह र उच्च रक्त चाप निको नहुने तर नियमित रुपले उपचार गरिरहनु पर्ने दीर्घकालीन रोग हो । यो रोग भएको महानुभावहरुले स्थानीय इलाकामै सर्वसुलभ र स्तरीय उपचार सेवा लिनु भई स्वास्थ्य जीवन यापन गर्न सकोस् र मधुमेह तथा उच्च रक्त चापको कारणले कसैलाई पनि गम्भिर स्वास्थ्य समस्या (Complicaton) नहोस् भन्ने उद्देश्यले यस कीर्तिपुर मेडिकल हल तथा जनहित क्लिनिकमा मधुमेह, उच्च रक्तचाप र मुटुरोग विशेषज्ञ तथा दक्ष स्वास्थ्यकर्मीबाट उपचार तथा परामर्श सेवा प्रदान गर्दै आइरहेको यहाँहरुमा सर्व विदितै छ । तपाईं र परिवारको स्वास्थ्यको लागि हाम्रो सेवा एक भरपर्दो आधार हुन सक्छ भन्ने हामीलाई लागेको छ । मधुमेह र उच्च रक्तचापको रोकथाम तथा नियन्त्रणको लागि प्रयासरत हाम्रो यस सेवालाई अझ सर्वसुलभ र स्तरीय बनाउन यहा“हरुको सहयोग र सुझावको अपेक्षा गर्दछु ।
थप जानकारीका लागि :-
— रत्न बहादुर महर्जन
वरिष्ठ स्वास्थ्यकर्मी
(General Medicine T.U. IOM)
कीर्तिपुर मेडिकल हल तथा जनहित क्लिनिक
नयाँबजार–१७, श्री कीर्ति विहार नजिक

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete