प्रहरी र नागरिक जनचेतना र्याली
वर्ष ९, अंक ३२ (२०६९ मंसिर ८ गते शुक्रबार प्रकाशित)
शान्ति सुरक्षा हाम्रो अपेक्षा, सहभागितामुलुक शान्ति सुरक्षा आजको आवश्यकता, अपराध विरुद्धको एकता हाम्रो प्रतिबद्धता भन्ने जनचेतना नाराका साथ कार्तिक २५ गते शनिबार कीर्तिपुरमा प्रहरी र नागरिक जनचेतना र्याली भयो ।
लोकतान्त्रिक चोकबाट सन्देशमुलक विभिन्न प्ले कार्ड सहित भएको र्याली नयाँबजार, पाँगा दोबाटो, नगाउँ दोबाटो हुँदै खासीबजार महानगरीय प्रहरी प्रभागको प्राङ्गणमा पुगी बस्ती भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले लागु पदार्थ लगायत अन्य सामाजिक अपराध न्यून गर्न यस्तो जनचेतना कार्यक्रमको निरन्तरता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रकमा नेमकिपाका नारायण महर्जनले समाजमा भएका र हुनसक्ने अपराध नियन्त्रणको लागि नागरिकमा चेतनाको आवश्यक छ साथै अपराधको संकेत पाउना साथ प्रहरी प्रशासनमा खबर गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो ।

एमालेका सुरेन्द्र मानन्धरले कार्यक्रमको निरन्तरताको कामना गर्नुभएको थियो ।
नेकाका राजकुमार नकर्मीले अपराध र लागु पदार्थको निर्मूल पार्न प्रहरी एकतर्फीले मात्र सम्भव नभएको नागरिक पनि सक्रिय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका प्रमुख ज्ञानकुमार महत्तोले जनतामा चेतना फैलाउन यस्तो र्याली गरेको स्मरण गराउँदै दशैंताका जसरी अपराधिक घटना कीर्तिपुरमा न्यून भएको थियो त्यसरी नै यो दिपावलीमा कम हुनेछ भन्नुभयो । प्रहरीको दरवन्दी अनुसार प्रहरी मात्र नपुग छ । नागरिक समाज, राजनैतिक दल लगायत सबै एकआपसमा जानु जरुरी रहेको औंल्याउनुभयो ।
कार्यक्रममा ट्याङ्गलाफाँट सामुदायिक समाज केन्द्रका अनाथ ब. थापा, नेपाल भाषा एकेडेमी टोलका सुदर्शन बस्नेत, कालिका महिला जागरणका अध्यक्ष सुमित्रा बस्नेत लगायतले शान्ति सुरक्षा, अपराध नियन्त्रण बारे बोल्नुभएको थियो ।
नयाँबजार क्लवका अध्यक्ष ईश्वरमुनि बज्राचायले स्वागत मन्तव्य राखेको सो कार्यक्रम पासा पुचः क्लवका अध्यक्ष विजयप्रकाश महर्जनको सभापतित्वमा संचालन भएको थियो ।

No comments:
Post a Comment