दोस्रो कीर्तिपुर कप व्याडमिन्टन सम्पन्न
वर्ष ९, अंक ३२ (२०६९ मंसिर ८ गते शुक्रबार प्रकाशित)
हिलटाउन उच्च मावि भूपू विद्यार्थी संघ (हिसा) को आयोजनामा भएको दोस्रो कीर्तिपुर नगरस्तरीय व्याडमिन्टन कप कार्तिक २७ गते सोमबार सम्पन्न भयो ।
दुई इभेन्ट खुल्ला एकल र खुल्ला डबलमा २५ र १५ सहभागीलाई पराजित गर्दै खुल्ला एकलमा सुरोज मालाकार र डबलमा राजु महर्जन र सुरोज मालाकारको जोडीले उपाधी जित्न सफल भएका छन् ।
एकलमा राजु महर्जनको ५ वर्ष सम्मको प्रथम उपाधी सुरोज मालाकारले २०–१२ र २०–१७ सोझो सेटबाट पराजित गरी खोसेको थियो ।
त्यसैगरी डबलमा राजु र सुरोज मालाकारको जोडीले नवीन/मानचन्द्रको जोडीलाई २०–१२ र २०–१३ सोझो सेटमै पराजित गरी प्रथमको वर्चश्व कायमै गरेको छ ।

एकलमा बुद्धराम महर्जन र शंकर महर्जन तृतीय र डवलमा रमेश श्रेष्ठ र दिनेश महर्जन र खड्गमुनि बज्राचार्य र चन्दन महर्जनको जोडी तृतीय भएको हो ।
विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष गंगाबहादुर थापाले प्रथम पुरस्कार, कीर्तिपुर व्याडमिन्टन क्लवका अध्यक्ष ई. दुर्कमान महर्जनले द्वितीय पुरस्कार र हिलटाउन उमाविका संचालन समितिका अध्यक्ष हिराकाजी महर्जनले तृतीय पुरस्कार ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
हिसाका अध्यक्ष सन्तोष महर्जनको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गंगा बहाुदर थापा कीर्तिपुर खेलकुद विकास समाजका अध्यक्ष प्रदीप महर्जन, खेल संयोजक रोशन महर्जन, विद्यालयका प्राचार्य राजन तण्डुकारले बोल्नुभएको थियो ।

No comments:
Post a Comment