कीनपा वडा नं.१७ नगर च्याम्पियन
वर्ष ९, अंक ३२ (२०६९ मंसिर ८ गते शुक्रबार प्रकाशित)
कीर्तिपुर खेलकुद विकास समाजद्वारा अयोजित पाँचौं वडा स्तरीय बास्केटबल प्रतियोगितामा कीनपा वडा नं.१७ च्याम्पियन बन्न सफल भएको छ ।
शनिबार भएको फाइनल खेलमा वडा नं.१७ ले वडा नं.३ (ख) लाई ६३–६२ ले पराजित गरेको छ । अति प्रतिस्पर्धात्मक ६२–६२ ड्र को स्थितिमा अन्तिम समयमा ३ (ख)को फाउलको फाइदा उठाउँदै २ बलमा १ स्कोर प्राप्त गरी निर्णायक स्कोर भएको थियो ।
विजयी खेलाडीहरुलाई प्रथम पुरस्कार वडा नं.१७ लाई कीनपाका लेखा अधिकृत सानुबाबु परियारले, दोस्रो पुरस्कार वडा नं.३ (ख) लाई समाजका सल्लाहकार प्रा.डा. रामकृष्ण महर्जनले र सहभागी र सहयोगीलाई प्रा.डा. शिवशरण महर्जनले पुरस्कार वितरण गर्नुभएको थियो ।
खेलभर उत्कृष्ट खेलाडी वडा नं.१७ का सिद्धार्थ महर्जन र म्यान अफ दि म्याच र उच्च स्कोरर वडा नं.१७ का सुशिल आचार्य घोषित भएका थिए । प्रतियोगितामा ११ टीमका सहभागिता थियो भने प्रतियोगिता कार्तिक २५ गतेबाट सुरु भएको थियो ।

No comments:
Post a Comment