Friday, November 30, 2012

नेराकस मा सुजिन्द्र महर्जन

नेराकस मा सुजिन्द्र महर्जन

वर्ष ९, अंक ३३ (२०६९ मंसिर १५ गते शुक्रबार प्रकाशित)
     नेपाल राष्ट्रिय कर्मचारी संगठन–स्थानीय निकायको तेस्रो राष्ट्रिय महाधिवेशन ऐतिहासिक औद्योगिक एवं मजदुर आन्दोलनको उर्वर भूमि विराटनगरमा २०६९ साल मंसीर ७ र ८ गते सम्पन्न भएको छ ।
सुजिन्द्र महर्जन
(नव निर्वाचित अध्यक्ष)
    महाधिवेशनबाट  कार्य विभाजन सहित सुजिन्द्र महर्जनको अध्यक्षतामा पछि  ९ सदस्य परिपूर्ति गर्ने गरी ५४ सदस्यीय नयाँ राष्ट्रिय समिति निर्विरोध निर्वाचित ग¥यो । भू.पू. शान्ति तथा पुनःनिर्माण मन्त्री, एकिकृत ने.क.पा.(माओवादी), केन्द्रिय महाधिवेशन आयोजक समितिका सदस्य तथा ज.व.स.व्यूरो प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’ ले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा प्रमुख अतिथिले अहिलेको समसामयिक राजनीतिक संक्रमणकालीन परिस्थितिको निकासको लागि एकीकृत ने.क.पा. (माओवादी) जस्तो सुकै त्याग गर्न पनि तयार रहेको कुरा प्रष्ट पार्दै स्थानीय निकायमा व्याप्त पेशागत समस्या समाधान गर्न आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो भने स्थानीय निकायहरु मार्फत जनसेवा प्रवाहमा रहेका विकृति विसंगतीजन्य कमिकमजोरी हटाउने दिशामा दृढका साथ नयाँ नेतृत्व अगाडि बढ्न सक्षम रहोस् भन्ने शुभकामना समेत दिनु भयो ।
    साथै कार्यक्रममा नेपाल राष्ट्रिय कर्मचारी महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर कार्की, विराटनगर उपमहानगर नगरपालिका गोपाल प्रसाद रेग्मी विभिन्न पेशागत संघ, संगठनका प्रतिनिधीहरुले समेत महाधिवेशन सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
    कार्यक्रममा आगामी कार्य योजना समेटिएको सांगठनिक प्रगतिप्रतिवेदन, विधान संशोधन प्रतिवेदन, आर्थिक प्रतिवेदनमा सामान्य संशोधन सहित पारित गरिएको थियो ।
    कार्यक्रममा ५७ जिल्लाका प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete