श्री आनन्दायी लोकेश्वर र कार्तिक मेला
वर्ष ९, अंक ३३ (२०६९ मंसिर १५ गते शुक्रबार प्रकाशित)
![]() |
- अर्जुन महर्जनशहिदपथ पाँगा |
काठमाडौं उपत्यका भित्र बुङ्गमतिमा आर्यावलोकितेश्वर, ललितपुरमा षसर्पन लोकेश्वर, काठमाडौंमा अमोधपास लोकेश्वर, नाला भक्तपुरमा सृष्टिकान्ता लोकेश्वर, कीर्तिपुर चोभारमा आनन्दायी लोकेश्वर गरी पाँच लोकेश्वरहरु छन् ।
यसमध्ये श्री आनन्दायी लोकेश्वरलाई लोकनाथ, आदिनाथ, चोभा द्यः, आदि नामले प्रसिद्ध छन् । यसलाई ग्रह दशा, भय, रोगबाट मुक्त पार्ने, दीर्घायु, धन धान्ने, कार्यसिद्धी, आदि बर दिने देवताको रुपमा पुजीने गरि आएको छ ।
भक्तजनहरुले महिना महिनामा अष्टमीका दिन उपोसध ब्रत बसी सप्तविद्यानोत्तर सत्व पुजा गरी, ध्वजा पताका, भाँडाकुँडा, गरगहना, आदि चढाउने गरी आएको छ । यो मन्दिरको विभिन्न भागमा हालसम्म पनि रहेको देखिएको छ ।
चोभार
चोभार एउटा परापूर्व कालदेखि बस्ति बस्दै आएको उपत्यकाको उच्च स्थानको बस्तीहरु मध्येको एक हो । पूर्वमा प्रर्भावतीय तिर्थ नख्खु खोला, पश्चिममा अदभूतशक्ति दायिनी अग्नी रुपिनी माता विष्णुदेवीको मन्दिर, उत्तरमा चारुमति चिःखु खोला, बागमती खोला र सुलक्षण तीर्थ, दक्षिणकालीमा ऋद्धिसिद्धिदायक मंगलमूर्ति श्री जलविनायकले घेरिएको काठमाडौंबाट करिव ४/५ किमी दक्षिणमा रहेको छ ।
स्वयम्भू पूराण अनुसार द्धापर युगको अन्त्यमा महामञ्जुश्रीले चन्द्रहास खडग प्रहार गरि कच्छपाल पर्वतलाई दुई टुक्रा पारी पानी पठाइएपछि यो डाँडाको नाम कपोतल पर्वत कच्छपा गिरी नामले मञ्जुश्रीका उपासक, उपासिकालाई बस्ति बसालेको भन्ने छ । धेरै वर्ष पहिले नेपाल शुप्रभा नगर (थानकोट) राजधानी भएको बानासुरको राज्यमा महेन्द्र दमनासुर र कच्छपासुर भन्ने दुई छोरा र प्रर्भावती नाम गरेकी एक छोरी थिइन । यिनी बहिनीलाई जलक्रिदा गर्न कक्षपासुर सुती दह बनाई दिएका थिए । प्रभावतीले सानैदेखि श्रीकृष्णका छोरा प्रद्युमनलाई बरण गरेका थिए ।

पौराणीक कथा अनुसार महादेवलाई काम बाण प्रहार गरेकोले रिसाई कामदेवलाई भष्म गरिदिएको र रतिको बिलौनाले त्रेतायुगमा कृष्णका छोरा प्रद्युमनसंग प्रभावती भई मिलन हुने बरदान पाए अनुसार प्रद्युमन र प्रभावतीको विवाह भएको र उनीहरुको लागि श्रीकृष्णले चक्र प्रहार गरी कच्छपासुरलाई छेदन गरी पानी पठाई बस्ति बसालेको र यो कच्छपको शरीर पछि पवित्र भएकोले यस चोभारलाई कर्मगिरी कच्छपाल पर्वत पनि भनि आएका छन् । चक्र अडेकोलाई चक्रतीर्थ पनि भनि आएको छ ।
जात्रा पर्व
यो उपत्यकाको दह बस्ती योग्य भएपछि चोभारको गल्छिबाट पानी बगाएपछि पूर्व प्रभावती नख्खु खोलाको दोभान पश्चिम वागमती किनारामा रहेको बालकुमारी देवी नजिक उत्तर सुलक्षण तीर्थ, बागमतीबाट बगि आएको जोडिने त्रिवेनी ठूलो तिर्थ हो । यसलाई प्रभातीय तिर्थ र जयश्रीतीर्थ पनि भनिन्छ । यसै तीर्थमा देउताको मूर्ति फेला परेपछि यस देवतालाई चैत्रशुक्ल अष्टमीको दिन बाजागाजाका साथ चोभारमा लगि बहालमा मन्दिर बनाई विराजमान गराईएको हो । यही देवतालाई आनन्दायी लोकेश्वर भनि मानि आएको हो ।
यस देवतालाई पाएको बेलामा माथि हेरेकोले (चोभाय गरेको) माथि देखाएकोले चोभा द्यः भन्ने गरेको भन्छन भने च्वे (माथि) बहालमा रहेको देवता भएकोले चोबाहाः द्योः भन्ने गरेकोमा अपभ्रंस भई चोभा द्योः हुन गएको पनि भन्ने गरेका छन् । यसैको नामबाट हाल चोभार नामाकरण भइरहेको छ ।
प्रत्यक साल चैत शुक्ल प्रतिपदाको दिन दिउँसो साईतमा आदिनाथ नुहाउने (चोभाःन्हवं) भनि मन्दिर वहाल बाहिर पुर्वतिरको दवलीमा ल्याई चार कुनाबाट चारजना पुजारीले घडाबाट चोखो पानीले नुहाइदिने गरिन्छ । त्यहाँबाट मन्दिरको पूर्वतिर रहेको मण्डपमा राखिने गर्दछन् । आजभोलि सुरक्षाको दृष्टिकोणले भनि मन्दिर भित्रै राखिने गर्दै आइरहेको छ । यसै चैत शुक्ल अष्टमीका दिन विहान सुरुमा पाएको स्थान त्रिवेणी तिर्थ, प्रभातीय तीर्थमा पुजारीहरुले खोलाबाट बगिआएको भेटाएको रुपमा खोलाबाट बगाएको फुल कलसमा राखी ल्याई त्यही निर्मित डबलीमा राखी सवै दर्शनार्थीहरुलाई दर्शन र पूजा गराउने गर्दछन् । त्यसैदिन साँझ ३/४ बजेतिर वाजागाजाका साथ माथि बहालमा लगि मन्दिरको बहालभित्रको पूर्वतिरको दबलीमा कलश र मूर्ति राखी जन्म देखि बुढाबुढी पासनीसम्मको कर्म क्रिया गराई पुनः मन्दिरभित्र राखिने गर्दछ ।
यो पर्वलाई चोभार वासीहरुले स्थानीय जात्राका रुपमा पाहुना बोलाई भोज गराई मनाउने गर्दछन् ।

स्वास्थ्यवर्दक
यो स्थान उपत्यकाको दृष्यावलोकनको लागि र विहान घुमफिर गर्नको लागि एक अनुकुल बातावरण भएको स्थान हो । धेरै पहिलेदेखि यो स्थानमा निरोगी र स्वस्थ बन्नको लागि विहान सवेरै देवता दर्शन गर्न आउने चलन चलि आइरहेको छ ।
सूर्य उदाउनुपूर्व विहानी हावा अमृतमय हुने र यसै हावामा हिडडुल गर्दा निरोगी, स्वस्थ र शरिरको स्पूmर्ति बढ्ने हुन्छ । आज भोलि यसलाई मनन गरी धेरै मानिसहरु विहान हिड्डुल (मर्निङ वाक) गर्ने गरी आएका छन् ।
यस स्थान उकालो चढ्नुपर्ने हुंदा स्वासप्रस्वास बढ्ने र विहानी हावा (अक्सिजन) बढी प्राप्त गर्ने हुंदा शरिरलाई धेरै फाइदा हुने गरि आएको छ । यसैकारण आज भोली साना, ठूला, उमेर छिपेका समेतले बर्षभरि नै यस आनन्दायी लोकश्वर दर्शन गरी आफूलाई स्वस्थ र स्फूर्त बनाई आइरहेका छन् ।

कार्तिक मेला
बर्षभरिमा दुईपटक मनमोहक बातावरण हुन्छ । कार्तिक महिनाको हावापानी पनि धेरै मनमोहक वातावरण भएको हुन्छ । यसै समयमा यस आनन्दादी लोकेश्वरको कार्तिक मेला भनी आश्विन पूर्णिमाको दिनदेखि शुरु भई कार्तिक सकिमना पूर्णीमासम्म एक महिनाको मेला लाग्दछ ।
विशेष यस समयमा चन्चल मन भएको उमेरदार मानिसहरु धेरै आउने गर्दछ । यसै भेटघाटबाट धेरैको घरजम भएको पनि सुनिन्छ ।
यस महिनाको अन्तिम पाँच दिन ब्रत बस्ने पनि चलन छ । यसलाई नेवारीमा माय अप्सँ ब्रत बस्ने भन्दछन् । यसमा धर्म गर्ने विचारले र कोही आइमाईहरुको घरब्यवहार मिल्न नसकि माइत बसी रहनुपर्ने अवस्था आइरहेकाहरु पनि यस व्रतमा भाग लिने गर्दछन् । यहाँ ब्रत बस्न आउनेहरुले घरमा खवर नगरी आउनुपर्ने चलन छ ।
व्रतको ५ दिन फरक फरक पानी मुहानमा नुहाउने, पुजारी र रेखदेख गर्नेले दिएको पानी बाहेक अरु केही खान हुंदैन । एकादशीबाट शुरु भई पूर्णिमासम्म पाँच दिन पुरा गरी भोलिपल्ट छैठौं दिन नव वर्षको उपलक्ष्यमा नेवारहरुले सगुन लिने म्हःपुजामा जसरी मण्डप बनाई पुजा गरिन्छ, त्यसरी नै बिमीरो राखी सगुन दिने चलन छ । त्यसमा आईमाईको लोग्नेको घरतर्फबाट व्रत उठाउन आएमा म्हःपुजाको दिन श्रीमानको पुजा गर्न नपाएकोमा यो दिन पुजा सम्पन्न गरी घर फर्कन्छ । श्रीमानको तर्फबाट पुजामा सम्मीलित हुन नआएकाहरुको उक्त पुजाको सगुन विमिरोलाई पुजारी (पान्जु)हरुले मन्दिरमा मिलाई राखी छोडेको हुन्छ । पछि कुरा मिलेमा पुजारीहरुले अरुसंग विवाह गरि दिन पाउने हुन्छ र विवाह गरिदिन्छ । करिव ४०/४५ बर्ष पहिले कीर्तिपुरका आईमाईलाई यस्तै तरिकाले चोभारमा विवाह गरिदिएको छ भन्ने सुन्नमा आएको छ ।
अन्य धर्मावलम्बीहरु व्रत बस्छन् र पुरा भएपछि आफ्नै किसिमले पुजा गरी घर फर्कन्छन् । यसरी विभिन्न थरिले व्रत वसी यस भेगका अन्यले पुजा आजा गरि भोजन गरी कार्तिक मेला सम्पन्न गर्दछन् । शरीरलाई स्वस्थ र स्फूर्ति दिने अनुकुल वातावरण भएको स्थानको श्री आनन्दायी लोकेश्वरको दर्शन गरी विहानको घुमफिरबाट हामी पनि निःशुल्क स्वास्थ्य उपचार गरि निरोगी र स्वस्थ बनौं । आनन्दायी लोकेश्वरबाट हामी सबै निरोगी, स्वस्थ र स्फुर्ति बनाई आरामले जीवनयापन गर्ने वरदान पाऊँ ।
जय आनन्दायी लोकेश्वर ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete