नेपालको जनसंख्या दुई करोड ६४ लाख
वर्ष ९, अंक ३३ (२०६९ मंसिर १५ गते शुक्रबार प्रकाशित)
काठमाडौं । नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ पुगेको छ ।
राष्ट्रिय जनगणना– २०६८ को सोमबार सार्वजनिक भएको नतिजाअनुसार नेपालमा पुरूषको संख्या एक करोड २८ लाख ४९ हजार ४१ र महिलाको संख्या एक करोड ३६ लाख ४५ हजार ४६३ रहेको छ ।
सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री बाबुराम भट्टराईले सो नतिजा सार्वजनिक गर्नुभएको हो ।
जनगणनाले पुरूषभन्दा महिलाको संख्या बढी रहेको देखाएको छ । पुरूष ४८.५१ प्रतिशत र महिला ५१.५१ प्रतिशत रहेको छ । पुरूषभन्दा महिलाको संख्या सात लाख ९६ हजार ४२२ बढी रहेको छ । यसैगरी लैङ्गिक अनुपात प्रति १११ महिलामा पुरूषको संख्या ९४.१६ रहेको छ । २०५८ सालको जनगणनाअनुसार लैङ्गिक अनुपात ९९.८१ रहेको थियो ।
नयां तथ्याङ्कअनुसार जनसंख्याको वार्षिक वृद्धिदर १.३५ प्रतिशत रहेको छ सो वृद्धिदर २०५८ मा २.२५ प्रतिशत रहेको थियो । प्रति वर्ग किलोमिटर जनघनत्व १८१ जना रहेको छ । जसमा सहरी क्षेत्रमा एकहजार ३८१ जना र ग्रामीण क्षेत्रमा १५३ रहेको छ ।
सबैभन्दा बढी जनघनत्व काठमाडौंमा (चार हजार ४१६) रहेको छ भने कम जनघनत्व मनाङ्ग जिल्लामा रहेको छ । मनाङ्गमा प्रति वर्ग किलोमिटर तीनजनामात्रै देखिएको छ ।
नयाँ जनगणनाअनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको छ । काठमाडौंमा १७ लाख ४४ हजार २४१ देखिएको छ र सालाखाला वार्षिक वृद्धिदर ४.७८ प्रतिशत रहेको छ भने सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ्ग रहेको छ । मनाङ्गमा ६ हजार ५३८ मात्रै जनसंख्या रहेको छ । यो सबैभन्दा कम वृद्धिदर (–३.८३) प्रतिशत हो ।
यसैगरी भौगोलिक क्षेत्रअनुसार तराईमा कूल जनसंख्याको ५१.२७ प्रतिशत (१ करोड ३३ लाख १८ हजार ७१५ जना), पहाडमा ४३.११ प्रतिशत (१ करोड १३ लाख ९४ हजार ७ जना) र हिमाली क्षेत्रमा ६.७३ प्रतिशत (१७ लाख ८१ हजार ७९२ जना) रहेको देखिन्छ ।
प्रकाशित तथ्याङ्कमा सहरी जनसंख्या १७.१७ प्रतिशत रहेको छ भने कूल परिवार संख्या ५४ लाख २७ हजार ३१२ रहेको छ । यो संख्या वि.सं. २०५८ मा ४२ लाख ५३ हजार २२१ रहेको थियो ।
जनगणनाअनुसार हाल प्रतिपरिवार औसत ४.८८ जना सदस्य संख्या रहेको छ, सो तथ्याङ्क वि.सं. २०५८ मा ५.४४ जना रहेको थियो । परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (६.४४) जना र कास्की जिल्लामा सबैभन्दा कम (३.९२) जना रहेको छ ।
देशको कूल ५४ लाख २३ हजार २९७ परिवारमध्ये ८५.२६ प्रतिशत परिवार आफ्नै स्वामित्वको घरमा र १२.८१ प्रतिशत परिवार भाडाको घरमा बसोबास गर्ने देखिएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
आफू बसेको घरमा बत्ती बाल्नका लागि ६७.२६ प्रतिशतले बिजुली प्रयोग गर्ने गरेको र खाना पकाउनका लागि ६४ प्रतिशत परिवारले अक्सर दाउरा प्रयोग गर्ने गरेको, मट्टीतेल १ प्रतिशत, एलपी ग्यास २१ प्रतिशत, गुईठा २.४ प्रतिशत, बिजुली १.१ प्रतिशत, गोबरग्यास ११.४ प्रतिशत रहेको छ ।
यसैगरी तथ्याङ्कअनुसार विदेशमा १९ लाख २१ हजार ४९४ जना रहेको देखिन्छ । दस वर्षअघि सो संख्या ७ लाख ६२ हजार १८१ जना रहेको थियो भने महिला परिवारमुलीको संख्या २५.७३ प्रतिशत रहेको छ ।
जातजातिमा क्षत्रीको संख्या बढी छ । त्यसपछि क्रमशः ब्राह्मण, पहाडी, मगर, थारू, तामाङ, नेवार, कामी, मुसलमान, यादव र राई रहेका छन् ।
वि.सं. २०६८ को जनगणनामा मातृभाषाको संख्या १२३ देखिएको छ । दस वर्ष अगाडि यो संख्या ९२ मात्रै थियो । नेपाली मातृभाषा बोल्नेको संख्या ४४.६ प्रतिशत देखिएको छ भने नेपाली पछि मैथली (११.७) प्रतिशत, भोजपुरी ६ प्रतिशत, थारू ५.८ प्रतिशत, तामाङ ५.१ प्रतिशत र नेवार ३.२ प्रतिशत छ ।
यसैगरी तथ्याङ्कअनुसार नेपालमा विभिन्न ११ किसिमका धर्म मान्ने व्यक्तिहरू रहेका छन् । जसमा हिन्दूको जनसंख्या ८१.३ प्रतिशत, बौद्ध धर्म मान्ने ९ प्रतिशत, इस्लाम ४.४, किराँतको ३, क्रिस्चियन १.४ र प्रकृति धर्म मान्नेको संख्या १.४ प्रतिशत छ ।
पहिलो विवाह गर्ने उमेर १५ देखि १९ वर्ष रहेको छ । यो उमेरभित्रको जनसंख्या ४८.९ प्रतिशत रहेको छ । १४ वर्षमुनि विवाह गर्नेमा ११.५ प्रतिशत छ ।
यसपटकको जनगणनामा साक्षरता दर बढेको छ । २ करोड ३९ लाख २६ हजार ५ सय ४१ जना (६५.९) प्रतिशत साक्षर देखिएका छन् । त्यसमा पुरूषको साक्षरता दर ७५.१ र महिला साक्षरता दर ५७.४ प्रतिशत छ ।
तथ्याङ्कअनुसार कूल जनसंख्याको १.९४ प्रतिशत हिस्सामा कुनै एक वा बढी प्रकारको अपाङ्गता देखिएको छ । वि.सं. २०५८ मा यो प्रतिशत १.४६ रहेको थियो । शारीरिक अपाङ्गता भएका कूल संख्यामा ५४.५६ प्रतिशत पुरूष र बाँकी ४५.४४ प्रतिशत महिला रहेका छन् ।
नेपालको ११ औं तथा गणतन्त्र नेपालको पहिलो राष्ट्रिय जनगणना २०६८ साल जेठ १ देखि १८ गतेसम्म घरपरिवार लागत सूची उतार गरिएको थियो भने असार ३ देखि १३ गतेसम्म जनगणना गरिएको थियो ।
सो कामका लागि देशभर ८१ जना जनगणना अधिकृत, ८१ जना इलाका सुपरीवेक्षक, १९८ जना इलाका सुपरीवेक्षक, ८१ जना लेखापाल, १६१ जना कार्यालय सहयोगी, २८९ जना इलाका जनगणना सहयोगी, ७ हजार ९१९ जना सुपरीवेक्षक, ३१ हजार ७९३ जना गणक खटिएका थिए ।
कूल जनशक्तिको ४१ प्रतिशतभन्दा बढी महिला परिचालन गरिएको सो जनगणना कार्यमा शिक्षक–शिक्षिका, कर्मचारी र युवा–विद्यार्थी खटिएको तथ्याङ्क विभागका महानिर्देशक उत्तमनारायण मल्लले जानकारी दिनुभयो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete