तटस्थ व्यक्तिको नेतृत्वमा संसदीय निर्वाचन उपयुक्त
वर्ष ९, अंक ३३ (२०६९ मंसिर १५ गते शुक्रबार प्रकाशित)
देश संवैधानिक संकटमा छ । संकटको सही निकास भनेको तटस्थ व्यक्तिको नेतृत्वमा नयाँ सरकार र त्यही सरकारबाट संसदीय निर्वाचन उपयुक्त छ । नेमकिपा काठमाडौं जिल्ला चौंथो जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा शनिबार वडा नं. ३० तँलाछी ट्यौडमा भएको कार्यकर्ता भेलामा नेमकिपाका केन्द्रीय सचिव एवं प्रमुख अतिथि सुनिल प्रजापतिले सो अभिव्यक्ति दिनु भएको हो । वहाँले नेमकिपा राष्ट्रपतिले तुरुन्त निकासा दिन कदम चाल्नुपर्ने आवाज उठाउँदै गर्दा अन्ततः राष्ट्रपतिले सहमतिको सरकार आह्वान गरियो ।
आह्वान अनुसार समयमा सहमति नभएमा फेरि समय सीमा थप्न सक्दछ । बहस सुरु भयो आवाज उठ्न थालेको छ । तटस्थ व्यक्तिको नेतृत्वमा सरकार र त्यही सरकारले संसद निर्वाचन हुने राष्ट्रको लागि उपयुक्त निकास सही सावित हुँदैछ । जातीय संघीयताका आवाज उठाउनेहरु अहिले पछुतो परेको स्मरण गर्दै वर्गीय मुक्ति बिना जातीय मुक्ति नहुने बताउनु भयो ।
नेमकिपाले समयमै स्थानीय निकायको पुनस्र्थापनाको माग गरेको र अहिले पनि स्थानीय निकायको निर्वाचनको माग गरी संवैधानिक शुन्यता अन्त्य गर्न आवाज उठाउँदै आइरहेको बताउनुभयो ।
वर्तमान राजनैतिक अन्योलमा एमाओवादी, काँग्रेस, एमालेको राजनैतिक दिवालीयापन हो भन्नु हुँदै हिन्दुस्तानको इसारामा चल्नेहरु एकपछि अर्को बद्नाम हुँदै गइरहेको वहाँले भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य का. सनकमान महर्जनले राजनैतिक पार्टीहरु अदुरदर्शी र बेइमान भएकोले राजनैतिक संकट बढेको बताउनुभयो ।
नेमकिपा चौंथौं काठमाडौं जिल्ला सम्मेलन संयोजक एवं कार्यक्रमका सभापति का. नारायण महर्जनले नेमकिपा राष्ट्रको लागि प्रकाश स्तम्भको रुपमा रहेको बताउँदै सबै कार्यकर्ता सक्रिय हुनुपर्ने बताउनुभयो । यही मंसिर ३० गते र पुष १ गते हुने चौंथौं काठमाडौं जिल्ला सम्मेलन सफल पार्न र पार्टीको विचार र नीति जनताका बीच पु¥याउन सक्रिय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा काठमाडौं जिल्ला जिल्लाका सचिव राजवीर डंगोलले पनि बोल्नुभएको थियो ।
स्मरणीय छ, नेमकिपाको काठमाडौं जिल्ला कार्यालय बागबजारबाट तँलाछी ट्यौडमा सरेको छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete