मापसे चेकिङ्ग २४ सै घण्टा
वर्ष ९, अंक ३३ (२०६९ मंसिर १५ गते शुक्रबार प्रकाशित)
काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनलाई प्रभावकारी तुल्याउन विभिन्न कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।
महाशाखाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपत्यकामा बढ्दै गएको सवारी चाप र दुर्घटना न्यूनीकरणका लागि ती कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्यलाई न्यूनीकरण गर्ने कारबाहीको समय बढाएर २४ घण्टा नै पुर्याउने भएको छ । त्यसरी मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालक पाँच पटकभन्दा बढी कारबाहीमा परेमा उसको सवारी चालक अनुमतिपत्र निलम्बन गरिनेछ ।

त्यसैगरी सवारी दुर्घटनालाई घटाउन यात्रु र चालकलाई सवारीसम्बन्धी नियमको पालना गराउन ट्राफिक प्रहरीले काठमाडौंका प्रत्येक रूटमा चल्ने सार्वजनिक यातायातमा जनशक्ति खटाउने भएको छ । पुतलीसडक, सिंहदरबार र माइतीघर क्षेत्रमा हुँदै आएको सवारी साधनको व्यवस्थापनका लागि प्रहरी प्रभाग सिंहदरबारमा ट्राफिक प्रहरी प्रभाग स्थापना गर्ने भएको छ ।
ट्राफिक प्रहरीले आफ्नो आचरण र व्यवहारमा सुधार ल्याउने, आर्थिक अनियमिततामा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, सडक प्रयोगकर्तामा सडक अनुशासन चेतना अभिवृद्धि गर्ने, दुर्घटना न्यूनीकरण रोकथाम र व्यावसायिक क्षमताको विकास गरी आधुनिक प्रविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्यालले जानकारी दिनुभयो ।
महाशाखाले पीडित सवारी चालकको उजुरी सुन्ने व्यवस्था मिलाउने, अनियमित ढङ्गले भाडा उठाउने र भनेको स्थानमा जान नमान्ने ट्याक्सीमाथिको कारबाहीलाई पनि प्रभावकारी तुल्याइने जनाएको छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete