न्हूदँ राष्ट्रिय समारोह समिति गठन
वर्ष ९, अंक ३० (२०६९ कार्तिक १७ गते शुक्रबार)
नेपाल सम्वत्को नयाँ वर्ष ११३३ भव्य रुपमा मनाउन ३६ सदस्यीय नेपाल सम्वत् न्हूदँ राष्ट्रिय समारोह समिति गठन गरिएको छ ।
इन्जिनियर मोहनकृष्ण डंगोलको अध्यक्षतामा गठित उक्त समारोह समितिका सल्लाहकारमा पद्मरत्न तुलाधर, लक्ष्मीदास मानन्धरलगायत यसअधिका समारोहव समितिका अध्यक्षहरु रहनुभएको छ ।
नेपाल सम्वत्लाई सरकारले राष्ट्रिय सम्वत्को मान्यता प्रदान गर्नुको साथै यस सम्वत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरिसकेको छ ।
नेपाल सम्वत्लाई सरकारी मान्यता प्रदान गरिएपनि हालसम्म यसलाई सरकारी कामकाज र व्यावहारिक प्रयोगमा ल्याउन पर्याप्त काम हुननसकेको
छैन ।
विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको भेलाले व्यवस्थापन तथा समिति अनुगमन संयोजकमा सुजीव बज्राचार्य, राजेक शाक्य तथा सरिता महर्जन, आर्थिक समितिमा राजेन्द्रमान शाक्य र अमृतरत्न ताम्राकार, सांस्कृतिक समितिमा पञ्चनारायण महर्जन, सुनिता महर्जन, बद्रीनारायण मानन्धर र रजिना डंगोललाई चयन गरेको छ ।

No comments:
Post a Comment