Friday, November 23, 2012

साल्भेनिया हाइकिङ्ग

साल्भेनिया हाइकिङ्ग

वर्ष ९, अंक ३२ (२०६९ मंसिर ८ गते शुक्रबार प्रकाशित)
    साल्भेनिया एकेडेमीका स्काउट ट्रुपको आयोजनामा नेपाल स्काउटको हिरक वर्ष दिवसको अवसरमा एक दिने साल्भेनिया हाइकिङ्ग कार्तिक २५ गते शनिबारसम्पन्न भयो ।
    साल्भेनिया एकेडेमीको प्राङ्गणमा ‘शान्तिका लागि मित्रता’ भन्ने नाराका साथ १६ वटा विद्यालयका स्काउटहरुको सहभागी रहेको सो हाइकिङ्गको उद्देश्यबारे प्रकाश पार्दै कार्यक्रमका संयोजक मबिला खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रमका प्रमुख अतिथि जिल्ला स्काउटका महेन्द्र राज रञ्जितले साल्भेनिया स्काउट ट्रुपको झण्डोतोलन गरी उद्घाटन गरिएको सो कार्यक्रममा वहाँले स्कायटिङ्गबारे आफ्नो विचार व्यक्त गर्दै कार्यक्रम सफलताको कामना गर्नुभएको थियो ।
    सो कार्यक्रम साल्भेनिया स्काउट ट्रुपका अध्यक्ष डा. नवराज बानियाँको सभापतित्वमा भएको थियो । सोही क्रममा वहाँले स्काउट ट्रुप स्थापना विद्यार्थीमा भातृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले गरेको बताउनु भयो ।
    कार्यक्रममा जिल्ला कार्यालय आयुक्त जिल्ला स्काउटका सुरज खनाल, आशिक कार्कीलगायतले बोल्नु भएको थियो भने कार्यक्रम संचालन अनिना श्रेष्ठले गर्नुभएको थियो ।
    हाइकिङ्ग कार्यक्रम विद्यालय प्राङ्गणबाट सुरु भई चोभार जल विनायक हुँदै टौदहसम्म पुगेको थियो ।

No comments:

Post a Comment