Sunday, December 16, 2012

स्वर्गीय राजपरिवारको स्वीस बैंकमा सम्पत्ति नरहेको

स्वर्गीय राजपरिवारको स्वीस बैंकमा सम्पत्ति नरहेको


वर्ष ९, अंक ३५ (२०६९ मंसीर २९ गते प्रकाशित)
    स्वर्गीय राजा वीरेन्द्रका परिवारहरुको नाममा स्वीजरल्याण्डको कुनै पनि बैंकमा खाता र सम्पत्ति नरहेको नेपाल ट्रष्टले जानकारी दिएको छ ।
    पंचायती शासन व्यवस्थमा तत्कालीन राजा वीरेन्द्र र तिनका सन्तानहरुले स्वीजरल्याण्डका बैंकहरुमा अकुत सम्पत्ति राखेको र मृत्यु पछि सम्पत्ति सवै ट्रष्टमा खिच्दै आइरहेको अवस्थामा स्वीस दुतावास मार्पmत परराष्ट्र मन्त्रालयबाट सम्पत्ति नरहेको ब्यहारो जानकारी गराएको भन्दै नेपाल ट्रष्टका सहसचिव शरदराज विष्टले सूचना विभागद्वारा आयोजित प्रवक्ता पत्रकार भेटघाटमा सूचना तथा सञ्चार मन्त्रालयको हलमा सोमबार पेश गरेको हो ।
    वहाँले नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गाहरु लीजमा दिएर बार्षिक ३ करोड ४२ लाख ११ हजार आम्दानी गरेको र बैंक ब्याजमात्र बार्षिक १ करोड २० लाख रहेको बताउँदै ट्रष्टको विभिन्न बैंकहरुमा १७ करोड ६० लाख ६९ हजार र विदेशी मुद्रा GBP ४४,०१६/१५ रहेको पनि जानकारी गराउनुभयो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete