Friday, December 28, 2012

मधुमेह एक जानकारी

मधुमेह एक जानकारी

वर्ष ९, अंक ३७ (२०६९ पुस १३ गते शुक्रबार प्रकाशित)
मधुमेह :
    शरीरको प्याक्रियाजबाट निस्कने इन्सुलिन नामको गन्थ्रि रसको कमि भएर वा यसले गर्नुपर्ने काममा रोकावट आएर रगतमा ग्लुकोजको मात्रा बढ्नुलाई मधुमेह भनिन्छ ।
    प्रायः ४५ बर्ष माथिका ब्यक्तिलाई देखा पर्ने यो रोगलाई कुनै उमेर तथा लिंगको छेकवार भनेछैन । यो वंशानुगत तथा धेरै मोटो शारिरीक ब्यायाम कम गर्ने ब्यक्तिलाई देखा पर्दछ । धेरै पिसाव हुने, तिर्खा ज्यादै लाग्ने, राम्ररी खाए पनि दुब्लाउँदै जाने, बरावर घाउ खटिरा आउने तर छिटो निको नहुने, वेहोस हुने जस्ता लक्षणहरु यस रोगमा देखा पर्न सक्दछन् । स्वास्थ्य परिक्षण गरेर रगतमा ग्लुकोजको मात्रा जाँच गरेपछि मात्र यस रोगको निदान गर्न सकिन्छ ।
मधुमेहले आँखामा पार्ने असहरु:
    मधुमेहले शरीरका महत्वपूर्ण अंगहरु जस्तै स्नायू, मृगौलाका साथै आँखामा विभिन्न जटील समस्याहरु निम्त्याउँछ । पटक पटक आनो (Stye) आउने, आँखा सुख्खा हुने (Dry Eye), छिटो–छिटो चस्माको पावर परिवर्तन हुने, मोतिविन्दु छिटो देखापर्ने, जलविन्दुको सम्भावना बढी हुने लगायत आँखाको पर्दा (Retina) मा गम्भीर असर पार्दछ, जसलाई डाइबेटिक रेटिनोपेयी (Diabetic Retinopathy) भनिन्छ । यसले अन्त्यमा मानिसलाई अन्धो पनि बनाउन सक्छ । एक तथ्याङ्क अनुसार संसारमा १२ प्रतिशत अन्धोपन यही कारणले हुने गरेको पाईएको छ ।
    मधुमेहले मुख्यतः आँखाको पर्दाको रक्तसंचारमा प्रभाव पार्दछ । मधुमेहको राम्रो नियन्त्रण नहुँदा ग्लुकोजको मात्रा बढ्न गई रेटिनाको रक्तकोशिकाहरु (Capillaries) मा प्रतिकुल असर पर्दछ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन (Macular Oedema) तथा रक्तश्राव (Retinal Hemorrhage) हुनगई दृष्टि कमजोर हुन्छ । यदि समयमै उपचार नभएमा नयाँ रक्तकोशिकाहरुको विकास भई अत्याधि रक्तश्राव हुने तथा अन्त्यमा पर्दा उप्किन तथा खुम्चिन गई दृष्टि सदाका लागि गुम्न सक्छ । यो समस्या केही समयपछि मधुमेहका प्राय सबै रोगहरुमा देखा पर्दछ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete