Friday, December 28, 2012

किपू बचतमा नयाँ नेतृत्व

किपू बचतमा नयाँ नेतृत्व

वर्ष ९, अंक ३७ (२०६९ पुस १३ गते शुक्रबार प्रकाशित)
    किपू बचत तथा ऋण सहकारी संस्थाको चौधौं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ ।
    नयाँ कार्यसमिति निर्वाचन समितिले गरेको नाममा कसैले विरोध नभएपछि पुनः रामबहादुर महर्जनको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको हो । अन्य पदमा उपाध्यक्षमा पूर्ण महर्जन, सचिवमा शोभा महर्जन, कोषाध्यक्षमा संघराम महर्जन र सदस्यहरुमा सुविन्द्र महर्जन, अनिता मानन्धर र रमेश मानन्धर निर्विरोध निर्वाचित भएका छन् ।
    त्यसैगरी सो भेलाबाट बुद्धरत्न महर्जनको संयोजकत्वमा  शान्ति महर्जन र फुर्सद महर्जनको सदस्यमा लेखा समितिको पनि निर्विरोध निर्वाचित गरेका छन् ।
    चौधौं वार्षिक साधारण सभामा प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेप्सकुनका अध्यक्ष मिनराज कँडेलबाट पानसमा बत्ती बाली उद्घाटन गर्नुभएको थियो भने अन्य अतिथिबाट १४ वर्षको स्मरणमा १४ वटा दियो बालिएको थियो । उद्घाटन मन्तव्यको क्रममा प्रमुख अतिथि कँडेलले किपू बचत कीर्तिपुर क्षेत्रमा समुदायमा आधारित सहकारी हो भन्नुभयो ।
    सभामा प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.का पञ्चलाल महर्जन, विकल्प सहकारी संस्थाका प्रदीप कुमार महर्जन, कीर्तिपुर बहुउद्देश्यीय सहकारीका रमेश महर्जन, ऐचोपैंचो बचत तथा ऋण सहकारी संस्थाका दयाराम प्रजापति, किपू बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार बालकृष्ण महर्जनलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
    सभामा अध्यक्ष महर्जनले पेश गरेको संस्थाको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष र लेखा समितिको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
    सो कार्यक्रम मंसिर २३ गते थानकोटस्थित त्रिभुवन पार्कमा सम्पन्न भएको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete