कीर्तिपुरमा दादुरा रुबेला खोप शुभारम्भ
वर्ष ९, अंक ३७ (२०६९ पुस १३ गते शुक्रबार प्रकाशित)
यहि पौष १० गते देखि १८ गते सम्म कीर्तिपुरमा दादुरा रुबेला खोप अभियान २०६८–६९ शुरु भएको छ । यस अभियानका प्रमुख दातृ निकायहरुमा लायन्स क्लब इन्टरनेशनल, युनिसेफ, रोटरी इन्टरनेशनल र विश्व स्वास्थ्य संघ रहेको छ ।
यस अभियानको शुभारम्भ कार्यक्रम कीर्ति सेकेण्डरी इंगलिस स्कूलको प्रांगणमा एक कार्यक्रम गरी शुरुवात गरियो । शुभारम्भ कार्यक्रमको संयोजन लायन्स क्लब अफ काठमाडौ कीर्तिपुर र लियो क्लब अफ काठमाडौं कीर्तिपुरले गरेको थियो ।

लायन सुनिल श्रेष्ठले संचालन गर्नु भएको उक्त कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ काठमाडौं कीर्तिपुरका अध्यक्ष तथा कीर्तिपुर नगरपालिकाको लागि लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए२ को तर्फबाट दादुरा रुबेला अभियानको फोकल पर्सन लायन रबिन्द्र बहादुर प्रधानले गर्नु भएको थियो । समारोहका अतिथिहरुमा पेट्सानका राष्ट्रिय अध्यक्ष रमेशमान महर्जन, एस आर प्याब्सनका अध्यक्ष दिलमान महर्जन, नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर शाखाका सभापति हर्षमान महर्जन, कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष प्रज्वलमान प्रधान, विष्णु देवी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख अर्जुन तामांग, बाहिरी गाउँ उपस्वास्थ्य चौकीका प्रमुख युवराज उप्रेती, कीर्ति सेकेण्डरी स्कूलका प्रिन्सिपल कृष्ण उपाध्याय हुनुहुन्थ्यो । सबै अतिथिहरुले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी अभियानको उद्घाटन गर्नुभयो ।
सो कार्यक्रममा विष्णु देवी प्राथमिक स्वास्थ्य चौकीका प्रमुख अर्जुन तामांगले स्वागत मन्तव्य दिनु भएको थियो । कार्यक्रममा अतिथिहरुले मन्तव्य दिदै दादुरा रुबेला खोप अभियानको बारेमा प्रकाश पार्नु भएको थियो । ने.रे.सो. कीर्तिपुर उपाशाखाका सभापनि हर्षमान महर्जनले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । सभापति लायन रबिन्द्र बहादुर प्रधानले खोप अभियान सफल बनाउन सबैको सहयोग चाहिने बताउनु भयो । कीर्ति सेकेण्डरी स्कूलको प्रागंणमा उपस्थित बालबालिकाहरुलाई खोप दिइ अभियानको शुरुवात गरिएको थियो । खोप कार्यक्रम पौष १८ गते सम्म संचालन हुनेछ ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete