मंगलमा विज्ञान प्रयोगशाला
वर्ष ९, अंक ३४ (२०६९ मंसीर २२ गते शुक्रबार प्रकाशित)मंगल उच्च मावि कीर्तिपुरमा १९ गते मंगलबार एक समारोहबीच जीव तथा रसायन विज्ञान प्रयोगशालाको स्थापना भएको छ ।
‘अडप्ट अ स्कुल’ कार्यक्रम अन्तर्गत सेभ द चिल्ड्रेन र कमिटेड नेपालको संयोजनमा एनसेलको आर्थिक सहयोगबाट स्थापना गरिएको विज्ञान प्रयोगशालाको उद्घाटन कमिटेड नेपालका एक्जिक्यूटिभ डाइरेक्टर जयजीव हाडाले रिवन काटी गर्नुभएको थियो ।
त्यस अवसरमा वहाँले अहिलेको युग विज्ञान तथा प्रविधिको युग भएकोले विद्यालयका विद्यार्थीहरुले विज्ञान विषयमा यो प्रयोगशालाबाट थप ज्ञान हासिल गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. शिवशरण महर्जनले विज्ञान प्रयोगशाला स्थापनाले भविष्यमा विज्ञान संकाय संचालन गर्न बाटो खुलेको बताउनुभयो ।
अनुगमन समितिका अध्यक्ष टीकाराम महर्जनले विज्ञान विषयको आधारले उच्च शिक्षा सम्भव हुने बताउनुभयो ।
प्रयोगशाला निर्माण समितिका कोषाध्यक्ष एवं सह–प्रधानाध्यापक लोकलाल महर्जनले स्वागत मन्तव्यसँगै निर्माण क्रममा भएका आयव्यय प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमका सभापति एवं विद्यालयका प्राचार्य प्रदीप महर्जनले प्रयोगशाला निर्माण गर्न सहयोग गर्नुहुने एनसेल, सेड दि चिल्ड्रेन, कमिटेड नेपाल लगायत अन्य सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै प्रयोगशालाबाट सबै कीर्तिपुरका विद्यार्थीहरुलाई पनि फाइदा लिन अनुरोध गर्नुभयो ।
स्मरणीय छ, २०६९ असार १ गते सम्झौता भई ६ महिनाभित्र ६ लाख ५८ हजार ९८ रुपैँयामा सो प्रयोगशाला तयार गरिएको हो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete