Friday, December 7, 2012

राष्ट्रपतिद्वारा दोस्रो पटक समय थप : राम्रो ड्राइभरको खोज

राष्ट्रपतिद्वारा दोस्रो पटक समय थप : राम्रो ड्राइभरको खोज

स्वामित्व र सत्ता : नेकालाई बखेडा

वर्ष ९, अंक ३४ (२०६९ मंसीर २२ गते शुक्रबार प्रकाशित)
    राष्ट्रपति रामबरण यादवले अन्तरिम संविधान ३८ (१) अनुसार सहमतिय सरकारको लागि दोस्रो पटकको समय सीमा थप गरेको छ । दोस्रो पटकको समय सीमा मंसिर १४ गते विहीवार भित्र पनि दलहरु सहमतीय सरकारमा सहमति नभएपछि दोस्रो सीमा समय थप गरेको हो ।
    मंसीर २७ गतेसम्ममा देशलाई हाक्ने राम्रो ड्राइभरको खोजमा राष्ट्रपतिले सार्वजनिक आह्वान गरेको छ ।
    संविधानसभा भङ्ग भएको ६ महिनापछि संवैधानिक असंवैधानिक द्वन्द्वबीच अन्योल राजनैतिक स्थिति अब ट्रयाकमा आउने सम्भावना बढेको छ ।
    राष्ट्र प्रमुख रामवरण यादवले बारम्बार राष्ट्रपति भवनमा बोलाई गरेको अनुनय विनय राजनैतिक दलले पुरा गर्न नसकेपछि मंसीर १ गते र मंसीर ८ गते गरी १५ दिनसम्म दुई पटक सहमतीय सरकारको सीमा तोकेपछि मंसीर १९ गते तीन दलबीच एक सहमति भएअनुसार नेपाली काँग्रेसले मंसीर २० गते प्रमको नाम सिफारिस गरियो ।
    नेपाली काँग्रेसको २० गते बुधबार बसेको बैठकले पार्टीका सभापति सुशिल कोइरालालाई प्रमको नाम सिफारिस गरेको हो । यसअधि नै नेकपा एमालेले नेकाको प्रम प्रस्तावलाई स्वीकार गर्ने पार्टी निर्णय सार्वजनिक गरेको थियो ।
    ए नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पनि वर्तमान आफ्नै पार्टीको सरकार विरुद्ध एवीसी नाम प्रस्ताव गरेपछि सत्ता नेतृत्व गर्नुहुने प्रम बाबुराम भट्टराईले गोली खान्छु बालुवाटार छोडदिन भन्नु र सहमति गरेर आएमा एक दिन पनि सत्तामा बस्दिन भन्ने अभिव्यक्तले राजनैतिक चक्रमा नयाँ रुप देखापरेको हो ।
    यो नयाँ रुपको स्वरुप निर्माणमा विदेशी आयतित बुद्धिको शक्तिले काम गरेको प्रष्ट छ । राष्ट्रपतिले समयसीमा तोके लगतै विदेशी कुटनीतिज्ञहरु तीन दलका शीर्ष नेताको घरघर चाहरेको र छिमेकी राष्ट्र भारतका विदेश प्रमुख नेपाल प्रवेश गर बुद्धिले प्रभाव पारेको प्रष्ट नै छ ।
    करणसिको स्वदेश फर्के लगतै नेपालको राजनीतिक माहुलमा फड्को मारेको छ ।
    अब गणतन्त्र नेपालको पाँचौं प्रम नेकाका सुशिल कोइराला हुने बलियो सम्भावना बढेको छ । बुधवार राती बसेको गठनबन्धन दलको बैठकले नेकालाई सत्ता दिन अधि शर्त राखी बखेडा हाल्न सुरु गरेका छन् । गठबन्धनको शर्तमा संविधानसभामा सहमति भएका वुँदाहरुलाई स्वामित्व ग्रहण गर्नुपर्ने, पूर्वघोषित संविधानसभाको निर्वाचन वैशाखमा गर्नुपर्ने लगायतका प्याकेजमा आन्तरिक शर्तको सहमति हुनुपर्ने अगाडि सारेका छन् ।
    नेपाली कांग्रेस लचिलो भयो भने यो थप समयमा सहमति भै नयाँ प्रमको रुपमा सुशिल कोइराला बन्न सक्ने सम्भावना छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete