Sunday, December 16, 2012

अध्यक्ष बिजुक्छें र राष्ट्रपति यादवबीच भेटघाट

अध्यक्ष बिजुक्छें र राष्ट्रपति यादवबीच भेटघाट


वर्ष ९, अंक ३५ (२०६९ मंसीर २९ गते प्रकाशित)
    काठमाडौं, २६ मंसिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) र राष्ट्रपति रामवरण यादवबीच मंगलबार देशको समसामयिक राजनीतिबारे छलफल भयो ।
    राष्ट्रपति निवास काठमाडौंमा साँझ ६ बजेदेखि ८ बजेसम्म भएको छलफलमा राष्ट्रपति यादवले संविधानको संरक्षक र पालकको हैसियतले सहमतीय सरकारको लागि औपचारिक रुपले दलहरूलाई आह्वान गरेको बताउनुभयो ।
    अध्यक्ष बिजुक्छेंले राजनीतिक निकासको लागि राष्ट्रपतिले खेल्नुभएको भूमिकालाई समर्थन गर्दै चार दलसँग मात्र होइन निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरूसँग निकासको लागि छलफल गर्नुपर्ने चर्चाबारे अवगत गराउनुभयो ।
    उहाँले संसद नभएको बेला राष्ट्रपतिले जनताको भावनालाई अभिव्यक्ति दिनुपर्ने र सरकारलाई निरंकुश हुनबाट रोक्नुपर्ने आवश्यकता औंल्याउनुभयो । अध्यक्ष बिजुक्छेंले निर्वाचनमा भाग नलिने तटस्थ व्यक्तिहरूको स्वतन्त्र एवं निष्पक्ष निर्वाचन सरकार गठन गरी संविधानसभा होइन संसदको निर्वाचन गर्नु उचित निकास हुने विचार व्यक्त गर्नुभयो ।
    संसद नभएको बेला र निर्वाचित स्थानीय निकाय नभएको बेला देशमा देखा परेको जातजाति, भाषाभाषी र क्षेत्रीय साम्प्रदायिकताको भावनालाई मत्थर पार्न राष्ट्रपतिले विभिन्न जिल्लाको भ्रमण गरी देशको एकताको सन्देश दिनुपर्ने आवश्यकतालाई पनि अध्यक्ष बिजुक्छेंले औंल्याउनुभयो ।
    राष्ट्रपति यादवले केही दिनभित्र विघटीत संसदमा भएका सबै दलहरूलाई निम्ता गरेर निकासबारे छलफल गर्ने उल्लेख गर्दै तटस्थ व्यक्तिहरूको स्वतन्त्र एवं निष्पक्ष निर्वाचन सरकार गठनको लागि पनि सहमति आवश्यक भएको बताउनुभयो ।
    छलफलमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र चैत्यराज शाक्यको पनि उपस्थिति थियो । राष्ट्रपति यादवसँग हिजो नेकपा–माओवादीका मोहन वैद्य र देव गुरुङ र एमालेका झलनाथ खनालले पनि भेटघाट गरेको खबर छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete