Monday, December 24, 2012

कलंकी– कोटेश्वर सडक दस “लेन” को बन्दै

कलंकी– कोटेश्वर सडक दस “लेन” को बन्दै

वर्ष ९, अंक ३६ (२०६९ पुस ६ गते शुक्रबार प्रकाशित)
    काठमाडौं । चीन सरकारको अनुदान सहायतामा साढे नौ किलोमिटर लामो कलङ्की–कोटेश्वर सडक दस ‘लेन’ मा विस्तार हुने भएको छ ।
    चक्रपथअन्तर्गतको उक्त सडकखण्ड विस्तार गर्नेसम्बन्धी सम्झौतापत्रमा सडक विभाग र साङ्घाइ कन्स्ट्रक्सन ग्रुपबीच हस्ताक्षर भएको छ ।
    विभागमा मङ्गलबार आयोजित कार्यक्रममा सडक विभागका महानिर्देशक दिनकर शर्मा र साङ्घाइ कन्स्ट्रक्सन ग्रुपका नायव महानिर्देशक सेन सिइङले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
    चिनियाँ प्रधानमन्त्री वेनजिया बाओको गत पुस ३० गते भएको नेपालको औपचारिक भ्रमणका बेला चक्रपथ विस्तारको सैद्धान्तिक सहमति भएअनुरूप आगामी तीन महिनाभित्र निर्माण प्रारम्भ हुने उक्त सडकखण्डको लागत रू.चार अर्ब रहेको छ ।
    दायाँबायाँ चारलेनको दुईतर्फी सडक र दुवैतर्फ एकएक लेनको साइकल लेन र पदयात्री मार्ग निर्माण गरिनेछ भने तीन स्थानमा आकासेपुल बनाइने महानिर्देशक शर्माले बताउनुभयो ।
    “चीनबाट दुईसयजना मुख्य कामदार र आवश्यक उपकरण ल्याइने र ती श्रमिकलाई आवासको व्यवस्था गर्न कम्तीमा दुई महिना लाग्ने भएकोले तीन महिनापछि काम सुरू हुन्छ”– द्विपक्षीय सम्झौताको एउटा अंश उद्धृत गर्दै उहाँले भन्नुभयो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete