Monday, December 24, 2012

सुरक्षित मातृत्व सञ्जालमा कीर्तिपुरका प्रधान निर्वाचित

सुरक्षित मातृत्व सञ्जालमा कीर्तिपुरका प्रधान निर्वाचित

वर्ष ९, अंक ३६ (२०६९ पुस ६ गते शुक्रबार प्रकाशित)
    सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपाल (Safe Motherhood Network Federation Nepal - SMNF) को तेस्रो महाधिवेशन यही पौष ४, २०६९ मा सम्पन्न भएको छ । स्वास्थ्य सचिव डा. प्रविण मिश्रज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको महाधिवेशनले तीन वर्षका लागि नयाँ कार्य समिति गठन भएको छ । डा. आरजु राणा देउवाज्यूको अध्यक्षतामा गठन भएको यस नयाँ कार्य समितिमा १२ जना प्रत्यक्षरुपमा महाधिवेशनले निर्वाचित गरेको छ । जसमा उपाध्यक्षमा सूर्यकुमारी श्रेष्ठ, महासचिवमा बिष्णुराज नेपाल, कोषाध्यक्षमा रबिन्द्र बहादुर प्रधान तथा केन्द्रीय सदस्यहरुमा राम उदेश महत्तो, रघुनाथ गिरी, गोपाल प्रसाद पन्थी, प्रशीस महरा, जय प्रकाश राय, कुमार ढकाल, सीता राना थापा, पद्म बहादुर रावल निर्बिरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी प्रत्येक बिकास क्षेत्रबाट एक एक जना केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने प्रावधान अनुसार पुर्वाञ्चलबाट डा. डिला संर्गौला, मध्यमाञ्चलबाट मनोजकुमार थापा, पश्चिमाञ्चलबाट नवराज गुरुङ, मध्य पश्चिमाञ्चलबाट कृष्णजंग शाह तथा सुदुर पश्चिमाञ्चलबाट कृष्णदत्त पनेरु निर्विरोध निर्वाचित हुनुभएको छ । उक्त महाधिवेशनमा ७२ जिल्लाका १५१ प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
    सुरक्षित मातृत्व संजाल महासंघले नेपाल सरकारको नीति तथा कार्यक्रम र निर्देशिका अनुसार सुरक्षित मातृत्व तथा नवशिशुको स्वास्थ्यको लागि राष्ट्रिय तथा समुदाय स्तरसम्म जनचेतना जगाउने तथा गुणस्तरीय स्वास्थ्य सेवा पहुँच बृद्धि गरी महिलाहरुको प्रजनन स्वास्थ्यको अवस्था सुधार गर्न यस महासंघ प्रतिबद्ध रहेको छ ।
    कीर्तिपुर स्वयंसेवक समाजका संस्थापक अध्यक्ष रबिन्द्र बहादुर प्रधान दोस्रो महाधिवेशनबाट पनि केन्द्रिय कोषाध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete