Monday, December 24, 2012

एक से एक महिला

एक से एक महिला

वर्ष ९, अंक ३६ (२०६९ पुस ६ गते शुक्रबार प्रकाशित)
    कीर्तिपुर । एक से एक महिला कृषि सहकारी संस्थाले पुस महिनाबाट कारोबार सुरु गरेको छ । कीर्तिपुर नपा वडा नं. १४ चोभार जलविनायक हिमाल सिमेन्ट चोकमा कीर्तिपुर क्षेत्रमै पहिलो महिला कृषि सहकारी संस्था भएको छ ।
    कार्य क्षेत्रमा कुशल, अनुभवी र दक्ष व्यक्तिहरु एक से एक आवद्ध भएका सदस्यहरुको यस संस्थाले अहिले कीर्तिपुर नगर क्षेत्र १३, १४ र १५ वडा कार्यक्षेत्र बनाएको छ ।
    ग्रामिण महिलाहरुलाई समाजमा प्रतिस्पर्धी बनाउन तथा जागरुक गराउनको लागि प्रोत्साहन गर्ने, आयमुलक, सिपमुलक तथा उत्पादनशील कृषि क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने र संस्थाको उद्देश्य बमोजिम सेवा प्रदान गर्ने लगायतका उद्देश्य बोकी स्थापना गरेको यस संस्थाले साधारण बचत, नियमित बचत, विशेष छात्रवृत्ति बाल बचत, मुद्दती बचत,  मासिक बचत खाता खोल्न सकिने ब्यवस्था गरेको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete