Friday, January 4, 2013

नयाँ वर्ष २०१३ को शुभकामना सहित प्रेरणा मिलोस्

नयाँ वर्ष २०१३ को शुभकामना सहित प्रेरणा मिलोस्

- प्रो. राजेन्द्र अमात्य   

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)  
    नयाँ वर्ष सन् २०१३ को सुखद आगमनसँगै जाँडोको क्रम पनि बढ्दै गएको छ । मुटुलाई ठोक्ने, चिसोले कम्पन गराएको छ । बुढादेखि बच्चासम्म सबै चिसोको पीडाले पीडित छन् भने अर्कोतर्फ मौसमको आफ्ना सुन्दर विशिष्टताले सर्वसाधारण रमाई पनि राखेका छन् । यस्तो परिवेशमा क्षणिक पीडाले कसैलाई दोष दिनुपनि सर्वथा उचित हुँदैन । यो त जीवन चक्रको शास्वत नियम हो । भविष्यमा के हुने हो, यसको ठीक–ठाक पूर्वानुमान गर्न सकिन्न तर यो त विल्कुल सत्य हो कि जसले अरुको दोष देख्दछ, उसले आफ्नो मिथ्या अहंकारलाई बढाउँदै लगेको हुन्छ र उसुको स्वभावमा क्रोध र घृणाको मात्रा बढ्दै जान्छ । उसले अरुको सम्बन्धमा अहंकारपूर्ण धारणालाई जन्म दिन्छ र आपूmलाई सर्वश्रेष्ठ बुझ्ने गर्दछ । उसले आफ्ना कुकृत्याबाट अन्धो हुन्छ तथा ऊ एक किसिमको छट्टु र कुरा काट्ने बानीको शिकार बन्दछ ।
    कुनैपनि मानिस शुद्ध र पवित्र हुन सक्दैन कि उसले अरुको व्यक्तिगत विकृतिलाई दोषपूर्ण दृष्टिले हेरोस् र त्यसको लागि उसलाई स्वयं दण्डित गरोस् । कुनै महापुरुषले ठीकै भनेका छन्– अर्काको दोष नहेर अन्यथा जीवनकालसम्म मात्रै होइन मरणोपरान्त पनि तिम्रा दोषका लेखा जोखा गर्ने असंख्य हुनेछन् । साथै सुन्दर, शान्त र समृद्ध राष्ट्रको निर्माण तब मात्र सम्भव छ जब हामी कुनै वर्गा, गुत वा दलकै सर्वोपरी हितको लागि मात्र काम नगरेर सम्पूर्णतालाई सोचेर मात्र काम गर्दै गयौं भने धेरै आशा गर्न सक्छौं । जसरी सुक्ष्मभन्दा सुक्ष्म अणुहरुको एकताले विश्वको उत्पत्ति भएको छ त्यसैगरी असंख्य व्यक्ति र वर्गको मेलमिलापले समाज बन्दछ ।
    एक–एक गरेर सबै वर्ग र जातिलाई पृगक गरिदियौं भने नत यहाँ समाज रहन सक्छ न त संसार नै । अतः आउनोस् यस नयाँ वर्ष सन् २०१३ को सुखद विहानीमा सुखद भविष्यको लागि संकल्प गरौं कि– “हामी सबै भिन्न–भिन्न आ–आफ्नो अस्तित्व र संकुचित दलिय घेरालाई छाडेर, व्यक्तित्वकोृ स्वार्थ र अहंकारलाई त्यागेर निजी सद्गुणहरुद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकताको मूलमन्त्रलाई अंगिकार गर्दै सुन्दर समाज, शान्त र समृद्ध राष्टङ्कको निर्माणको सपना साकार गरौं । मानव सेवा गरौं ।” मानिस सेवाको लागि नै जन्मेको हो । म तपाईंको कामलाई मद्दत गर्न सकुँ, तपाईं उनको कामलाई र उनीहरु मेरो ।
    यसैक्रममा समाजको विकास भएर समृद्ध र सहिष्णु समाज बनेर राष्ट्र बलियो भएर जानेछ । तसर्थ सन् २०१३ को नयाँ वर्षले समस्त दाजुभाई, दिदीबहिनी तथा बुबाआमाहरुमा नयाँ जोश, उत्साह र राम्रो कार्य गर्न प्रेरणा मिलोस् तथा सुख, शान्ति सुस्वास्थ्य एवं समृद्धिले स्वागत गरोस्, यही छ मेरो नव वर्षको मांगलिक शुभकामना ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
    AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete