वर्ष ९, अंक ३९ (२०६९ पुस २७ गते शुक्रबार प्रकाशित)
क्यान इन्फोटेक माघ २४ देखि
काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले माघ २४ गते देखि मिदास क्यान इन्फो टेक २०१३ गर्ने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी इन्फो टेक बारे विस्तृत जानकारी गराएको हो ।
विश्वमा सूचना तथा संचार क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको विकासका बारेमा क्यानले प्रदर्शनी मार्फत उपभोक्तालाई सुसुचित गराउने उदेश्यका लिएको आयोजकले जनाएको छ । विगत १९ बर्ष देखि निरन्तर रुपमा बार्षिक सूचना प्रविधि सम्मेलन गर्दै आएको सम्मेलनमा सूचना प्रविधि सम्बन्धी हरेक नयाँ र नौला प्रविधि तथा बस्तु प्रदर्शनीमा राखिने र यस बारे विस्तृत जानकारी गराइने क्यानले जनाएको छ ।
इन्फोमा युवा पुस्तालाई लक्षित गरी नयाँ किसिमका मोबाइल, इन्टरनेट, सफ्टवेयर, ल्यापटप लगायतका समाग्री रहने आयोजकले बताएको छ । कार्यक्रम राजधानीको भृकुटिमण्डपमा ६ दिनसम्म चल्ने छ ।

No comments:
Post a Comment