Thursday, January 10, 2013

कम्यूनिष्ट पार्टीको स्थापना नेवारहरुले गरेका हुन्

वर्ष ९, अंक ३९ (२०६९ पुस २७ गते शुक्रबार प्रकाशित)

कम्यूनिष्ट पार्टीको स्थापना नेवारहरुले गरेका हुन्

    नेपालमा २००६ सालमा स्थापन भएको नेपाल कम्यूनिष्ट पार्टीको स्थापना नेवारहरुले नै गरेका हुन् । नेपाली जनताहरुको शोषणबाट मुक्त गर्न नेवारहरुको भूमिका महत्वपूर्ण रहेको छ । सो भनाई एकीकृत नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपाल, काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. १० को चौंथो अधिवेशनमा पुस २० गते पाँगा लाछीमा प्रमुख अतिथि एवं नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालका संयोजक दिलीप महर्जनले व्यक्त गर्नुभएको हो ।
सम्मेलनको पानसमा दीप प्रज्ज्वल गरी उद्घाटन गरिएको सो कार्यक्रममा वहाँले उत्पीडित जातिको मुक्ति विना एकीकृत माओवादीले पहिचान सहित संघीयता त्यागेमा पार्टी समाप्त हुने चेतावनी समेत दिनुभयो ।
कार्यक्रममा मोर्चाका काठमाडौं जिल्ला संयोजक पञ्चलाल महर्जन, राजेन्द्र महर्जन, दिलबहादुर महर्जनलगायतले बोल्नुभएको थियो । सो सम्मेलन मोर्चाका १० नं. क्षेत्रका संयोजक बैकुण्ठ महर्जनको सभापतित्वमा भएको थियो ।
    सोही दिन बसेको बन्द सत्रबाट बैकुण्ठ महर्जनको अध्यक्षतामा ५७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतिले चयन गरेको थियो ।

No comments:

Post a Comment