Thursday, January 10, 2013

हिलटाउन गायनमा रोहिनी र नृत्यमा सुरक्षा प्रथम

वर्ष ९, अंक ३९ (२०६९ पुस २७ गते शुक्रबार प्रकाशित)

हिलटाउन गायनमा रोहिनी र नृत्यमा सुरक्षा प्रथम

    कीर्तिपुर  । हिलटाउन उच्च माविको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत यस वर्षको गायन तथा नृत्य तियोगिता पुस २० गते शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न भयो ।
गायनतर्फ ७ वटा र नृत्यतर्फ ९ वटा बीच भएको प्रतिस्पर्धामा गायनमा कक्षा ९ की छात्रा रोहिनी शाही प्रथम, कक्षा ५ की जेनिता बस्नेत र यशोधा गिरी द्वितीय र कक्षा ८ का अरुण लामा तृतीय भएका छन् भने नृत्यतर्फ कक्षा ८ की सुरक्षा भण्डारी प्रथम, छात्र रोमिक महर्जन द्वितीय र कक्षा ९ का छात्र जेम्स महर्जन, रुकेश मानन्धर र रुजल मानन्धरको समूह तृतीय भएको थियो ।
    विजयी छात्र–छात्राहरुलाई विद्यालयका प्राचार्य राजन तण्डुकारले नगद पुरस्कारका साथ प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

No comments:

Post a Comment