वर्ष ९, अंक ३९ (२०६९ पुस २७ गते शुक्रबार प्रकाशित)
मापसेको जरिवाना सुरक्षित मातृत्व अक्षय कोषमा
ओखलढुङ्गा । जिल्लाको बरुणेश्वरको रामपुरस्थित इलाका प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर सवारी चलाउने र होहल्ला गर्नेलाई नियन्त्रणमा लिई जरिवाना गरेको रकम सुरक्षित मातृत्व अक्षय कोषमा जम्मा गर्ने गरेको छ ।
नियन्त्रणमा लिइएकाहरूलाई प्रहरीले अवस्थाअनुसार एक घण्टादेखि रातसम्म राखेर आफन्त बोलाई रु. ५११ जरिवाना गरेर छोड्ने गरेको छ ।
जरिवानाबाट उठेको रकम स्थानीय स्वास्थ्य चौकीमा रहेको सुरक्षित मातृत्व अक्षय कोषमा जम्मा हुने इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थपलियाले बताउनुभयो । “हालसम्म १८ जनालाई जरिवाना गराएका छौं,” प्रहरी निरीक्षक थपलियाले भन्नुभयो ।
संकलित रकमबाट गाउँका सुत्केरी गराउन आउने आर्थिक अवस्था कमजोर भएका आमाहरूलाई सहयोग गर्न खर्च गरिने श्री थपलियाले जानकारी दिनुभयो । हालसम्म मापसेको जरिवानाबाट रु. आठ हजार अक्षय कोषमा जम्मा भइसकेको छ ।
स्वास्थ्य चौकीका प्रमुख वेदहरि दाहालले प्रहरीले नागरिकसँग मिलेर गरेको असल कामले निकै सहयोग पुगेको जनाउनुभयो । सो अभियान वि.सं. २०६९ साउनदेखि सुरु गरिएको हो ।
डेढ वर्षअघि स्थापना गरिएको कोषमा रु. दुई लाख ५१ हजारभन्दा बढी संकलन भइसकेको छ । कोषको रकमबाट सुत्केरी गराउन आउने गरिबहरूलाई लाग्ने खर्च तीन महिनासम्म बिनाव्याज ऋण दिने गरिएको छ ।
केही रकम प्रसुतिकक्षका लागि आवश्यक सामग्री किन्न खर्च गरिएको छ । सोही कोष र गाविसबाट एकजना अनमीसमेत राखिएको सिंहदेव दाहालले बताउनुभयो ।
प्रहरी निरीक्षक थपलियाका अनुसार सार्वजनिक स्थलमा चुरोट सेवन गर्नेलाई रु. ११५ जरिवाना गराउने निर्णय पनि भएको छ ।

No comments:
Post a Comment