Thursday, January 10, 2013

जनसेवाका विद्यार्थी सीआरसी भ्रमणमा

वर्ष ९, अंक ३९ (२०६९ पुस २७ गते शुक्रबार प्रकाशित)

जनसेवाका विद्यार्थी सीआरसी भ्रमणमा

    जनसेवा उच्च मावि पाँगाका कक्षा ११ र १२ मा उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई चितवन रिसोर्ट क्याम्प (ऋच्ऋ) भ्रमणमा लगेका छन् ।
    बुक्स प्याराडाइज जमल काठमाडौंका प्रोप्राइटर दयाराम डंगोलको प्रायोजनमा नियमित वार्षिक भ्रमण गराउने योजना अनुसार यस वर्ष व्यवस्थापनामा उत्कृष्ट छात्रा लक्ष्मी तामाङ्ग, मानविकीमा उत्कृष्ट छात्रा एलिसा महर्जन र शिक्षा संकायमा उत्कृष्ट छात्रा विजया लामा र छात्रा प्रविणा महर्जन भ्रमणमा सहभागी हुने अवसर मिलेको हो । विद्यार्थीहरुको साथमा शिक्षक राजेन्द्र डंगोलले नेतृत्व गर्नुभएको हो ।
    सीआरसी चितवन पनि दयाराम डंगोल प्रबन्धक हुनुहुन्छ । नियमति रुपमा भ्रमण पुरस्कारको व्यवस्था गर्नुहुने बुक्स प्याराडाइजका प्रोप्राइटर दयाराम डंगोलले विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद दिएको छ ।

No comments:

Post a Comment