Thursday, January 10, 2013

माओ जयन्तीको अवसरमा प्रशिक्षण कार्यक्रम

वर्ष ९, अंक ३९ (२०६९ पुस २७ गते शुक्रबार प्रकाशित)

माओ जयन्तीको अवसरमा प्रशिक्षण कार्यक्रम

    काठमाडौं । नेपाल क्रान्तिकारी विद्यार्थी संघ काठमाडौंको आयोजनामा ११९ औं माओ जयन्तीको अवसरमा एक प्रशिक्षण कार्यक्रम टोखामा सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायण कोजूले समाज विकासक्रमअनुसार समाज परिवर्तनशील रहेको र नेमकिपाको उद्देश्य समाजवादी समाज निर्माण गर्नु रहेको बताउनु भयो । सामन्तवादी समाज भन्दा पूँजीवादी समाज र पूँजीवादी समाज भन्दा समाजवादी समाज प्रगतिशील रहेको बताउनु हुँदै समाजवादी समाजको अवश्याम्वी जीत हुने उहाँको भनाइ थियो । अहिले नेमकिपा समाजवादी प्रचारमा जुटेको र प्रचारप्रसारमा लाग्न प्रेरित गर्नु भयो ।
    नेमकिपा काठमाडौं जिल्ला सदस्य वीरबहादुर डंगोलले नेमकिपा सदा गरिब कामदार जनताको पक्ष लिएको र पञ्चायतकाल ताका काठमाडौंमा भएको किसान आन्दोलनलाई सशक्त अगाडि बढाएको बताउनु भयो ।
    नेक्राविसंघ केन्द्रीय सदस्य राजेन्द्र चवालले इतिहासमा माओवाद नरहेको र माओले माक्र्सवाद र लेनिनवादको प्रयोग चिनियाँ भूमिमा चिनियाँ विशेषता सहितको नौलो जनवादी क्रान्ति गर्नुभएको र माओ स्वयंले माओविचारधारालाई वादको रुपमा नस्वीकारेको बताउनुभयो ।
    कार्यक्रममा प्रतिभा श्रेष्ठले उद्घोषण र विशोक डंगोलले पनि बोल्नुभएको थियो ।

No comments:

Post a Comment