वर्ष ९, अंक ३९ (२०६९ पुस २७ गते शुक्रबार प्रकाशित)
कलेजको नाम परिवर्तनले हावा खायो
काठमाडौं । विदेशी सहर बजारका नाम जोडिएका उच्च माविको नाम परिवर्तन गराउने उच्च माध्यमिक शिक्षा परिषद्ले सुरू गरेको अभियान बीचैमा रोक्ने भएको छ । ठूला र नाम चलेका भनिएका कलेजका सञ्चालकहरूको सम्बन्ध शिक्षामन्त्रीदेखि प्रधानमन्त्रीसम्म सीधा हुने गरेको र त्यही प्रभावले उच्च मावि परिषद्मा राजनीतिक दबाब पर्न थालेपछि परिषद् पछाडि हट्न बाध्य भएको हो ।
साना तथा राजनीतिक पहुँच कम भएका उच्च माविले आफ्नोमात्रै नाम परिवर्तन गरिए राम्रो नहुने चेतावनी दिएका छन् ।
ती कलेजले पुराना र नाम चलेका लिटिल एञ्जल्स, जेम्सलगायतका कलेजको नाम परिवर्तन भएपछिमात्रै आफूहरू नाम परिवर्तनको पक्षमा रहने परिषद्लाई बताएको थाहा भएको छ । परिषद्का एक कर्मचारीले दिएको जानकारीअनुसार, परिषद्ले नाम चलेका लिटिल एञ्जल्स, जेम्सलगायतका कलेजको नाम परिवर्तन गर्ननसक्ने अवस्था देखिएपछि सानालाई पनि नछुने मुडमा पुुगेको हो ।
परिषद्को सम्बन्धन महाशाखामा काम गरिरहेका कर्मचारी यही तनावका कारण सो महाशाखाबाट सरूवा हुने मेसो खोजिरहेका छन् । विभिन्न विदार्थी संगठनबीच भएको सहमतिअनुसार, विदेशी नाम परिवर्तनका लागि २०६९ मंसिर १५ गते सम्मको म्याद दिइएको थियो ।
यस अवधिमा करिब ७१ वटा उच्च माविले नाम परिवर्तन गर्न सहमत भएको भन्दै निवेदन दिएका थिए । त्यस क्रममा नाम चलेका तथा ठूला भनिएका कुनै पनि उच्च माविले निवेदन दिएका थिएनन् । निवेदन दिएकामध्ये पनि कतिपयले विदेशी नामकै अगाडि वा पछाडि नेपाली नाम झल्किने नाम राख्न पाउनुपर्ने बताएका थिए ।
ठूला र नाम चलेका तथा महँगा उच्च माविले राजनीतिक प्रभावमा आफ्नो कलेजको विदेशी नाम हटाउन नसक्ने अवस्था सिर्जना गर्न थालेपछि साना कलेजहरूको नाम पनि परिवर्तन गर्न नसकिने अवस्था आएको हो ।
सोही कारण सम्बन्धन महाशाखाका प्रमुख देवीप्रसाद बराकोटी सो शाखाबाट सरूवा हुन खोजिरहेको थाहा भएको छ । कलेजको विदेशी नाम परिवर्तन गर्न नसक्ने अवस्था सिर्जना भएपछि काम गर्न नसकेको आरोप खेप्नुभन्दा सो महाशाखा नै छोड्नु राम्रो हुने बराकोटीले बताउँदै आएका छन् ।
माघ महिनामा स्वेच्छिक अवकासमा जान लागेका ढालबहादुर खड्काको स्थानमा जाने मुडमा बराकोटी रहेको बताइन्छ ।

No comments:
Post a Comment