वर्ष ९, अंक ३९ (२०६९ पुस २७ गते शुक्रबार प्रकाशित)
चितवन महोत्सव सुरु
चितवन । ‘मध्य नेपालमा लगानी गरौं’ भन्ने नाराका साथ चितवन महोत्सव तथा मध्यमाञ्चल औद्योगिक तथा व्यापार मेला बुधबारदेखि सुरु भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा सुरु भएको महोत्सवको राष्ट्रपति डा.रामबरण यादवले उद्घाटन गर्नु भएको थियो ।
महोत्सवमा चितवन जिल्लाका चिनारी झल्काउने विविध झांकी, कृषि, औद्योगिक लगायतका उत्पादनको प्रदर्शनी, विविध प्रतियोगिता, पर्यटन प्रवद्र्धन लगायतका क्रियाकलाप रहेका छन् । भारत, चीन जर्मनी लगायतका देशहरुको प्रतिनिधित्व गर्ने उत्पादनका स्टलहरु पनि प्रदर्शनीमा राखिएका छन् ।
महोत्सव माघ ५ गतेसम्म चल्ने छ ।

No comments:
Post a Comment