Thursday, January 10, 2013

झी पासा पुचःको प्रथम साधारण सभा सम्पन्न

वर्ष ९, अंक ३९ (२०६९ पुस २७ गते शुक्रबार प्रकाशित)

झी पासा पुचःको प्रथम साधारण सभा सम्पन्न

    झी पासा पुचः बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारण सभा पुस २१ गते सहिद स्मृति भवन कीर्तिपुरमा सम्पन्न भयो ।
    मध्यमाञ्चल क्षेत्रीय प्रशासक एवं कार्यक्रमका प्रमुख अतिथि उद्धवप्रसाद बास्कोटाले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको सो सभामा वहाँले कीर्तिपुरको विकासले गति लिएमा मात्र सहकारीको पनि विकास सहज हुने भन्नुभयो । कीर्तिपुर विकासको लागि सामुहिक रुपले सोचौं, एकजुट भएर अगाडि बढ्नुपर्ने वहाँले बताउनुभयो ।
    त्यसक्रममा वहाँले खेलकुद क्षेत्रमा योगदान पुर्याउनु भएका संघरत्न महर्जन र मनोज महर्जनलाई सम्मान गर्दै कदर पत्र प्रदान गर्नुभयो ।
    संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा गोपाल श्रेष्ठ र निलेश नकर्मीले पनि बोल्नुभएको थियो । उक्त अवसरमा आपतविपत पर्दा सहयोगार्थ स्वरुप यस संस्थाले विपत कोषको स्थापना गरेको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि बास्टोलालाई पनि संस्थाका अध्यक्ष श्रेष्ठले सम्मान गरेको थियो ।
    स्मरणीय छ, झी पासा पुचः २०६८ पुस १ गते सहरकारी डिभिजन कार्यालयमा दर्ता भई फागुन १४ गतेबाट संचालन गरेको थियो ।

No comments:

Post a Comment