वर्ष ९, अंक ३९ (२०६९ पुस २७ गते शुक्रबार प्रकाशित)
नागरिक अस्पतालले गोलीको छर्राको निःशुल्क शल्यक्रिया गर्ने
काठमाडौं । नागरिक अस्पताल भक्तपुरले द्वन्द्वकालमा गोली लागी घाइते भएकाहरूको शरीरमा रहेका गोलीका छर्राको निःशुल्क शल्यक्रिया गर्ने भएको छ । अस्पतालका अध्यक्ष गोपीकृष्ण न्यौपानेले पैसाकै अभावमा कोही पनि स्वस्थ रहने अधिकारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अस्पतालले सो कार्यक्रम ल्याएको बताउनुभयो । निःशुल्क शल्यक्रियाका लागि सम्बन्धित गाउँ विकास समिति अथवा नगरपालिकाको सिफारिस आवश्यक हुने अस्पतालले जनाएको छ ।
शल्यक्रिया वरिष्ठ न्युरो–सर्जन डा. राकेश वर्माको नेतृत्वको विशेषज्ञ समूहले गर्ने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । साथै अस्पतालले सुत्केरी सेवा निःशुल्क र शल्यक्रिया गरी बच्चा निकाल्दा लाग्ने शुल्कमा ५१ प्रतिशत छुटको समेत व्यवस्था गरेको जनाएको छ ।

No comments:
Post a Comment