Friday, January 4, 2013

एक साइकल व्यवसायी चौधरी

एक साइकल व्यवसायी चौधरी

- नारायण महर्जन

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित) 

बुद्धिराम चौधरी

   बुद्धिराम चौधरी एक साइकल व्यवसायी २०५० सालदेखि कीर्तिपुर नयाँबजारमा कीर्तिपुर क्षेत्रका साइकल पारखीहरुको सेवामा रहेको छ ।
    बुबा जल्लु चौधरी र आमा चुलिया चौधरीका ५ छोरा मध्ये जेठा छोरा बुद्धिरामको जन्म चितवन कठार गाविस १ गठौलीमा भएको थियो ।
    श्रीमती माया चौधरीसँग ५७ सालमा विवाह गरी दुई छोरी दिलिना र हसिना चौधरी, सन्तानका धनी बुद्धिराम कीर्तिपुरमा साइकल व्यवसायी गरी सेवा दिइरहन पाउँदा खुसी हुनुहुन्छ । सुरुका वर्षमा ३० हजारबाट लगानी गरेका चौधरीसँग अहिले डेढ लाखदेखि २ लाखसम्म साइकलका पार्टस् र नयाँ साइकलमा लगानी गरेको छ ।
    विहान ७ बजेदेखि बेलुकी ७–८ बजेसम्म पञ्चर टाल्ने, टिपट मिलाउने, रिङ्ग फेर्ने, टायर ट्युव फेर्ने, ६÷७ वटा साइकल मर्मत गरिने गरेको छ भने बालकदेखि युवासम्मको लागि मासिक ८–१० वटा सम्म नयाँ साइकल बिक्री पनि गर्दै आइरहेका छन् चौधरीले ।
    दूई ठाउँमा कोठाको बहाल १३ हजार तिर्नुपर्ने, २ जना छोरीलाई मेगस स्कुल नयाँबजारमा पढाई गरी विहान, दिउँसो र बेलुका छाक तारेरपनि दैनिक ५००।– रुपैयाँ चोखै बचेको उनको भनाई छ ।
    चितवनमा १७ परिवार मध्ये ४ भाइ विदेशमा कार्यरत रहेकोमा आफू किन साइकल मर्मत र बिक्री पेशामा लाग्दाको अविस्मरणीय घटना सुनाउनुहुन्छ चौधरी ।
    कामको खोजीमा भारतमा पुग्दा साइकल मर्मत गर्ने इच्छा छँदा काम नपाएपछि गार्मेन्टमा काम गर्नु परेको र ६–७ महिनासम्म काम गर्दा पनि गार्मेन्टका मालिकको अपहेलना, गाली खानुपर्ने, धेरै दुःख गरी काम गर्दा पनि तलब नदिने जस्ता व्यवहारले तलब नलिई घर फर्केको तीतो अनुभव सुनाउनु हुन्छ ।
    भारतमा त यस्तो स्थिति भोग्नु प¥यो भने अरु विदेशमा कस्तो होला, विदेशमा पनि धेरै दुःख नै गर्नुपर्ने छ भने विदेशमा पसिना खर्च गर्नु भन्दा आफ्नै देशको माटोमा मिहेनत गरी खान, लाउन, परिवार चलाउन सकिन्छ भने किन विदेश जाने भुन्नुहुन्छ चौधरी ।
    कीर्तिपुरमा पहिले आउँदा र अहिलेको अवस्थाबारे चौधरी भन्नुहुन्छ, ‘सुरुमा कीर्तिपुर पुग्दा धेरै गा¥हो भयो । नयाँ ठाउँ चिनजान नभएको र काम गरेअनुसारको पैसा उठाउन नसक्ने । १०० रुपैयाँ मर्मत खर्चमा ५० रुपैयाँमात्र दिन खोज्ने तर अहिले मर्मतमा लागेको पैसा उठ्ने गरेको छ ।’ ‘कीर्तिपुर क्षेत्रका बासिन्दाहरुको व्यवहार अहिले धेरै राम्रो लाग्दछ ।’ उनले थपे ।
    अहिले के समस्या छ भनेर प्रश्न गर्दा, उनले पेशा व्यवसायी गर्न चाहेर पनि ठाउँको अभावले गर्दा निर्धक्कसँग काम गर्न नसकेको गुनासो पोखे । मर्मतका साइकलहरु पेटीमा र सडकमा राखेर काम गर्न बाध्य छन् उनी ।
    पार्किङ्गको राम्रो व्यवस्था गर्नुपर्ने देखिन्छ । सरकारबाट कस्तो अपेक्षा राखेको छ भन्दा आयात गरेका साइकलका सामानहरुमा भन्सार छुट गरे सस्तोमा कारोबार गर्न सकिने बताउनुभयो । होलसेलर र आयात गर्ने संस्थाबाट भन्सार बृद्धि भएको भन्दै साइकलका सामानको मूल्यवृद्धि पटकपटक हुने गरेको गुनासो व्यक्त गर्नुभयो ।
    २०६३ सालमा नेपाल साइकल मजदुर संघ गठन गरेकोमा सदस्य भएपनि प्रभावकारी नभएको र जसले गर्दा साइकल मर्मत व्यवसायीहरुमा एकरुपता नभएको पनि बताउनुहुन्छ तर चितवनमा एकरुपता रहेको कुरा अवगत गर्नुभयो ।
    साइकल व्यवसायी गर्ने ३६ वर्षका चौधरी देशमा चाँडै संविधान बनोस् भन्ने चाहना राख्नुहुन्छ । देशमा शान्ति होस् र जनता कतै जाँदा सकुशल फिर्ता गर्ने वातावरण हुनुपर्दछ भन्नुहुन्छ । ‘विकास ढिलो या चाँडो हुन्छ राजनीति गर्नेहरु राम्रो हुनुप¥यो ।’ उहाँको तर्क थियो ।
    सरकार जस्तोसुकैको बनेपनि देश राम्ररी चल्नु पर्दछ कुर्सीको लागि मात्र तानातान नगरौं भन्नुहुन्छ ।
    चौधरी साइकल स्टोरमा बच्चाहरुको ७–१२००, र ठूलाको २८०० देखि ५५०० रुपैयाँसम्मका र माउन्टेन बाइक ६५०० देखि १२००० सम्मको साइकल उपलब्ध रहेको छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
    AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete