वर्ष ९, अंक ४० (२०६९ माघ ५ गते शुक्रबार प्रकाशित)
माओवादीमा वैद्यकै नेतृत्व
काठमाडौं । मोहन बैद्यको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति चयन गर्दै नेकपा माओवादीको सातौं महाधिवेशन सकिएको छ । महाधिवेशनले जनयुद्धको जगमा जनविद्रोहमा जानुपर्ने कार्यदिशा तय गरेको छ ।बैद्यले रामबहादुर थापा बादललाई अध्यक्षमा प्रस्ताव गरेपनि सहमति जुट्न नसकेपछि अन्ततः बैद्यले नै अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । उपाध्यक्षमा सिपि गजुरेल, महासचिवमा रामबहादुर थापा बादल, र सचिवहरुमा देव गुरुङ र नेत्र विक्रम चन्द रहेका छन् ।
राज्य समितिमा नेतृत्व लिने र केन्द्रीय कार्यसमितिमा नबस्ने भन्दै आज केन्द्रीय सदस्यहरु कुमार दाहाल, कृष्णध्वज खड्का र रेखा शर्माले केन्द्रीय समितिबाट राजीनामा दिएका छन् ।
No comments:
Post a Comment