Friday, January 4, 2013

अध्यक्ष बिजुक्छेंसँग प्रजग कोरियाका राजदूत सुको भेट

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)
    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) सँग प्रजग कोरियाका महामहिम राजदूत किम योङ सु (Kis Yong Su) ले भक्तपुरमा भेट गर्नुभयो ।
    भेटमा राजदूत सुले नयाँ वर्ष सन् २०१३ को अवसरमा कोरियाली मजदुर पार्टी र नेता किम जङ उनको शुभकामना पुर्याउन अध्यक्ष बिजुक्छेंलाई भेट्न आएको बताउँदै यसअघि प्राप्त नभएको उपलब्धी नेता किम जङ उनको नेतृत्वमा प्राप्त भएको उल्लेख गर्नुभयो ।
    राजदूत सुले नयाँ वर्षको अवसरमा प्रकाशित कोरियाली मजदुर पार्टीका नेता कामरेड किम जङ उनको सम्बोधनबारे चर्चा गर्दै भू–उपग्रह प्रक्षेपणमा प्रजग कोरियाले तेस्रोपटक सफलता प्राप्त गरेको र पार्टी, सेना र जनता मिलेर बिजुली, कोइला, हलुका र भारी औद्योगिक उत्पादनमा जोड दिइरहेको बताउनुभयो ।
    सैनिक शक्ति बलियो भए देश र जनता सुरक्षित हुने बताउँदै राजदूत सुले उत्तर, दक्षिण र संसारका विभिन्न भागमा रहेका कोरियालीहरू मिलेर देश पुनःएकीकरण गर्ने लक्ष्य प्रकाशित सम्बोधनमा उल्लेख भएको चर्चा गर्नुभयो ।
    संरा अमेरिकालगायत साम्राज्यवादीहरूबाट प्रजग कोरियालाई सुरक्षित गरेको ६१ औं वर्षगाँठ यस वर्ष संसारका मित्रहरूलाई निम्ता गरेर प्योङयाङमा भव्यतासाथ सम्पन्न गर्ने समेत भेटमा महामहिम राजदूत सुले उल्लेख गर्नुभयो ।
    अध्यक्ष बिजुक्छेंले शुभकामना पठाउनु भएकोमा कोरियाली मजदुर पार्टीका नेता, कामरेड किम जङ उनसम्म आफ्नो धन्यवाद पुर्याइदिन महामहिम राजदूतलाई आग्रह गर्दै प्रजग कोरियाको भू–उपग्रह प्रक्षेपणमा प्राप्त सफलता संसारको स–साना देशकै गौरव र खुसीको विषय भएको उल्लेख गर्नुभयो ।
    प्रजग कोरियाको पार्टी र सरकारले नयाँ वर्षको शुभकामनामा जनताको लागि कोइला र बिजुली व्यवस्था गर्ने औद्योगिक उत्पादन बढाउने विषय उल्लेख गरेको बारे नेपाली जनतालाई बताउनु सकारात्मक हुने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेंले कोरियाको शान्तिपूर्ण पुनःएकीकरणको कामना गर्नुभयो ।
    अध्यक्ष बिजुक्छेंले कामरेड किम जङ उनको नेतृत्वमा कोरियाली शैलीको समाजवादले नयाँ नयाँ उपलब्धी हासिल गर्दै जाने कामना गर्दै नेपाल मजदुर किसान पार्टी र कोरियाली मजदुर पार्टी र दुई देशका जनताको बीचको सम्बन्ध थप गाढा हुँदै जाने अपेक्षा गर्नुभयो ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
    AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete