Thursday, January 17, 2013

फर्पिङ, साँखुमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने

वर्ष ९, अंक ४० (२०६९ माघ ५ गते शुक्रबार प्रकाशित)

फर्पिङ, साँखुमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने

    काठमाडौं जिल्लाको पश्चिम दक्षिण भेग र उत्तरपूर्वी भेगका गाविसहरुलाई सेवा प्रदान गर्न हाललाई २ वटा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएका छन् ।
    पश्चिम दक्षिण भेगका गाविसहरुको लागि फर्पिङ केन्द्र  र उत्तर पूर्वी भेगका गविसको लागि साँखुमा केन्द्र रहने भएको छ ।
    नेपाल सरकार गृहमन्त्रालयले पौष २ गतेको पत्राचार अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रजिअ चुडामनी शर्माको संयोजकत्वमा पौष २३ गते बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले सो दुई स्थानको निर्णय गरी गृहमन्त्रालयमा अनुरोध पत्र पठाएको हो ।
    फर्पिङ केन्द्रमा टल्कु डुडेचौर, छैमले, दक्षिणकाली, शेषनारायण, सेतीदेवी र चाल्नाखेल गाविसहरु र साँखु केन्द्रमा बज्रयोगिनी, सुन्तोल, पुखुलाछी, इन्द्रायणी , लप्सेफेदी , नाङ्गले भारे, डाँछी, गागलफेदी, आलापोट, भद्रवास र मुलपानी गाविसहरुको सेवा गर्नेछ ।

No comments:

Post a Comment