Friday, January 4, 2013

'विधान सभाको पुनःस्थापना आत्मघाती हुने' — रोहित

'विधान सभाको पुनःस्थापना आत्मघाती हुने' — रोहित

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)
    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले संविधानसभाको पुनःस्थापनाले देश अहिलेको अवस्थाबाट कति पनि परिवर्तन नहुने बताउनु भएको छ ।
    उहाँले जात–जाति एवं भाषाभाषीमा आधारत संघ राज्य, आत्मनिर्णयको अधिकारसहितका एमाओवादी–मधेसवादी शर्तहरु मान्ने अवस्थामा एमाओवादी र मधेसवादी दलहरुले काँग्रेस नेतृत्वको सरकार स्वीकार्ने तर ती शर्तहरु मान्नु प्यास लागेर विष पिउनु जस्तै हुने बताउनुभयो ।
    अन्तरिम सांविधनको सहमतिको सरकार नेपाली जनताको लागि घाँडो भएको चर्चा गर्दै अधयक्ष रोहितले भन्नुभयो – ‘संविधानसभा विघटन अघि केही दिनको लागि काँग्रेस र एमाले सरकारमा गएको जसरी आत्मघाती सावित भयो, अहिले एकै दिनको लागि मात्र पनि भट्टराई नेतृत्वको सरकारमा जानु अत्मघाती हुनेछ ।’
    उहाँले भन्नुभयो – ‘प्रमुख प्रतिपक्षि दलहरु वर्तमान सरकारको औचित्य छैन भनी  र सरकारको दलहरु आफ्नो औचित्य पुष्टि गर्न जनताबीच जानुपर्छ ।’
    एमाओवादी र मधेसवादी दलहरुको वर्तमान गठबन्धन सरकार भारतीय विस्तारवादकै भरमा टिकिरहेको कुरा ‘जगजाहेर’ भएको भन्दै उहाँले आफ्नो सशस्त्र युद्धमा सहयोग गरेबापत एमाओवादी सरकारले भारतलाई सस्तोमा विद्युत बेचिरहेको र नेपालीले जनता लोडसेडिङ्ग भोगिरहेका छन् भन्नुभयो ।

No comments:

Post a Comment