Saturday, January 12, 2013

सम्पदा सम्बन्धमा विचार आदान प्रदान

वर्ष ९, अंक ३९ (२०६९ पुस २७ गते शुक्रबार प्रकाशित)

सम्पदा सम्बन्धमा विचार आदान प्रदान

    कीर्तिपुर  । कीर्तिपुर स्वयंसेवक समाजको प्रत्येक महिनाको अन्तिम बुधबार हुँदै आइरहेको Idea Sharing Programe पुस २५ गते बुधबार सम्पदा सम्बन्धी विचार आदान प्रदान कार्यक्रम कीर्तिपुर हिलसाइड होटल एण्ड रिसोर्टमा सम्पन्न भयो ।
    कार्यक्रममा कीर्तिपुरमा रहेका सम्पदा क्षेत्रहरुको पुरातात्विक र एतिहासिकता बारे पुरातत्वविद शुक्रसागर श्रेष्ठले विश्लेषण गर्नुभएको थियो ।
    उक्त कार्यक्रममा वहाँले कीर्तिपुरको भौगोलिक बनौटबारे वर्णन गर्नुहुँदै कीर्तिपुरको परापूर्वकालको एतिहासिकता बारे ज्ञान दिनुभएको थियो । वहाँले यहाँका मठमन्दिर– बाघभैरव र उमामहेश्वर मन्दिर, चिलञ्चो चैत्य, आदिको पौराणिक विशेषता र यसको बनौटबारे चर्चा गर्नुभएको थियो ।
    त्यसैक्रममा वहाँले कीर्तिपुरको नामाकरण ‘कीर्तिपुर’ कसरी भयो भनी वर्णन गर्दै कीर्तिपुर क्षेत्रका सम्पदान विश्वमै चर्चित रहेको अवगत गराउनुभयो । कार्यक्रममा सहभागीहरुको जिज्ञासालाई श्रेष्ठले प्रस्ट पार्नुभएको थियो । त्यस अवसरमा आयोजक संस्थाका संस्थापक अध्यक्ष रविन्द्र बहादुर प्रधानले पनि बोल्नुभएको थियो ।

No comments:

Post a Comment