वर्ष ९ अंक १, (२०६८ चैत्र २४ गते शुक्रबार प्रकाशित)
फेरि तारो पत्रकारको
राज्यको चौंथो अंगको रुपमा लिइने पत्रकारमाथि पटक पटक आक्रमण र हत्याको श्रृङ्खला बृद्धि भएको छ ।
पछिल्लो पटक झापाको मेची टाइम्समा कार्यकारी सम्पादक, राजधानी दैनिक र
एभिन्यूज टेलिभिजनका सम्वाददाता समेत रहेका ३८ वर्षीय यादव पौडेलको २१ गते
मंगलबार हत्या भएको छ । पौडेल मंगलबार होटल व्यवसायी युवराज गिरीसँग राती
विर्तामोडमा बसी रहेको समयमा एउटा समूहले कुटपिट गरी तीन तल्ला घर माथिबाट फ्याँकी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
हत्या
समाधानको उपाय होइन । हत्या प्रकरणले इष्र्या जन्मने छ । त्यसैले पत्रिकामा
लेख लेखकै निहुँमामा हत्या जस्तो जघन्य अपराध गर्नु ठीक होइन ।
अपराधीलाई राजनैतिक संरक्षण दिएको कारण नै अपराधीको मनोबल वृद्धि हुंदैछ ।अपराधी जस्तो सुकै होस् कानुनी सजाय पाउनै पर्छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेको संयोजकत्वमा सात सदस्यीय
मिडिया मिसन गठन गरेको छ । मिसन बुधवार नै स्थलगत निरीक्षणमा लागेको छ । गाउँलेको मिडिया मिसनले राजनैतिक दवावमा नपरी काम गर्नुपर्दछ । मिसनले ठहर
गरेअनुसार सरकारले कारवाहीको प्रक्रिया अगाडि बढाउनुपर्दछ ।
पत्रकारहरुको हक अधिकार र जिउधनको सुरक्षाको लागि अपराधीहरुलाई हदै सम्मको
कारवाही गर्नुपर्दछ । कुनै पनि बेला यस्तो घटना दोहोरिन नदिन सरकार सचेत
हुनुपर्दछ ।
राज्यमा बस्ने सामान्य नागरिक देखि पत्रकार सवै नेपालीको सुरक्षा राज्यले दिनै पर्दछ ।
No comments:
Post a Comment