Friday, January 18, 2013

नयाँ वर्षको शुभकामना

वर्ष ९ अंक २ (२०६९ बैशाख १ गते शुक्रबार प्रकाशित)

नयाँ वर्षको शुभकामना

     नयाँ बर्ष २०६९ को उपलक्ष्यमा सवै कामदार जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
    साथै सहिद साप्ताहिक पत्रिकाका लेखक, पाठक, विज्ञापनदाता एवं शुभचिन्तकहरुमा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
    वर्षै पिच्छे कहिले ईश्वी सम्बत्, कहिले बिक्रम सम्बत्, कहिले नेपाल सम्बत्, कहिले शक सम्बत्, ल्होछार, आदिको साल परिवर्तन भैरहेको छ । हरेकको साल परिवर्तनस“गै सुख, शान्ति र उत्तरोत्तर प्रगतिको पनि कामना गर्ने प्रचलन छ ।
    साल फेर्दै जानु हाम्रो आयु पनि घट्दै जानु हो । वर्ष फेरेकोमा सबै दङ्ग छन् तर आयु घटेको ख्यालै छैन ।
    त्यसैले हाम्रो आयु छोटिँदै जानेक्रममा समयमै देश र जनताको सेवा गर्न हामीले समय खेर फाल्नु हु“दैन ।
    नयाँ वर्षको महत्व जति ठूलो छ हाम्रो जीवनको मूल्यपनि त्यतिकै महत्व छ । जीवन रहुञ्जेल राम्रो र सही काम गर्न पछि कहिल्यै पर्नु हुँदैन ।
    समय आउँछ पर्खिँदैन भने जस्तै मानिस जन्मिन्छ र मर्नु पर्दछ । हामी मर्दा देश र जनताको सेवागरी मछौं भन्ने भावना यो नयाँ वर्षमा प्रण गर्नु जरुरी छ ।
    मानिस विवेकशील प्राणी भएकोले कसले के काम गरेको ठीक र बेठीक छुट्याउन सक्नुपर्दछ । ठीक र सही कुरालाई ठीक र बेठीक र गलत कुरालाई विरोध गर्न सक्नुपर्दछ ।
    देशको राजनेता र राजनीतिप्रति वितृष्णा हुनुपनि आफ्नो विवेक सही ठाउँमा प्रयोग नभएर नै हो । २ वर्षमा बन्नुपर्ने संविधान ४ वर्ष बित्न लाग्दा पनि बन्ने संकेत छैन ।
    यो नयाँ वर्षमानयाँ दिन ल्याउन प्रतिबद्धता अनुसार काम गर्नु सक्नु यही शुभकामना ।

No comments:

Post a Comment