Thursday, January 10, 2013

कीर्तिपुर नगरको १८ औं नगरपरिषद् आज नगरपालिकाको आफ्नै भवन बनाउन जोड दिनुपर्ने

वर्ष ९, अंक ३९ (२०६९ पुस २७ गते शुक्रबार प्रकाशित)

कीर्तिपुर नगरको १८ औं नगरपरिषद् आज

नगरपालिकाको आफ्नै भवन बनाउन जोड दिनुपर्ने

    काठमाडौं उपत्यकामा एक महानगरपालिका, १ उपमहानगरपालिका र ३ नगरपालिका मध्ये राजधानी काठमाडौंमा रहेको नगरपालिका हो कीर्तिपुर नगरपालिका जसको अहिलेसम्म आफ्नै कार्यालय भवन छैन ।
    नगरपालिका सुरु स्थापना हुँदा पहिलो जन निर्वाचित प्रतिनिधिले नगरपालिकाको केन्दविन्दु हेरी   पाँगा दोबाटो भाजँगाल रोडमा एक नीजि घरमा वहालमा बसेको थियो ।
    महँगो वहाल तिर्नुपर्ने झन्झटमा मुक्त गर्न त्यहाँबाट कीनपा वडा नं २ देवढोकास्थित सामुदायिक भवनमा सरियो ।
    देवढोका रहेको कार्यालय कीर्तिपुरको पश्चिम भाग, नैकाप गाविसको सिमानामा रहेकोले भौगोलिक  दृष्टिकोणले अपायक भएको बारम्वार आवाज उठ्दै आइरहेको थियो ।
    नगरपरिषद्मा शान्ति मन्त्रालयबाट द्वन्द्व पीडित क्षेत्र भवन निर्माणको लागि ३ करोड ५० लाख छुट्याइएको र सो रकम माग गर्न मंगल उच्चमाविको पूर्वतिर रहेको तत्कालका लागि कान्जि हाउस जग्गामा निर्माण गर्ने प्रस्तावसहित सर्वदलीय सहमति भएको थियो । त्यस परिषद्बाट कीर्तिपुर नपा भवन कहाँ बनाउने भन्ने स्थलगत अध्ययन गर्ने निर्णय पनि भएको थियो ।
    त्यसबेला पनि नेमकिपाले त्रिविसँग जग्गा माग गर्नेपर्ने सुझाव दिएको थियो ।
    १६ औं नगरपरिषद्बाट आज १८ औं परिषद् २ बर्ष बितिसक्दा पनि नयाँ भवन बनाउने अत्तोपत्तो छैन भने शान्ति मन्त्रालयबाट प्रस्तावित ३ करोड ५० लाख पनि आकासको फल जस्तै भएको छ ।
    नपाका हाल कार्यरत कार्यकारी अधिकृत शान्ति मन्त्रालयको रकम पाउने सार्थक उपलब्ध नभएको बताउनुहुन्छ । यो १८ औं परिषद्ले अब अन्य स्रोत जुटाएर भएपनि कीर्तिपुर नगरपालिकको सुविधासम्पन्न आफ्नै कार्यालय भवन बनाउन कम्मर कस्नुपर्ने जरुरी भैसकेको छ ।
    कार्यालय भवन जुन घनत्व भौगोलिक दृष्टि र आवत–जावत यात्रा गर्न सक्ने पायक पर्ने केन्द्रमा निर्माण गर्नतिर सवैको ध्यान जानु पर्दछ ।

नगरपालिका केन्द्रमा बनाउन छलफल

    कीर्तिपुरमा क्रियाशील राजनैतिक दल, बुद्धिजीवि र पूर्व जन निर्वाचित जनप्रतिनिधिबीच नगरपालिका भवन केन्द्र भागमा अर्थात् सबैलाई पायक पर्ने स्थानमा बनाउनुपर्ने बारे छलफल सुरु गरेको छ ।
    छलफलमा सहभागीहरुले सबैलाई पायक पर्ने ठाउँको छनौट गर्ने र सबैलाई मान्य हुने ठाउँमा निर्माण गर्ने आवश्यक प्रक्रिया कार्यान्वयन गर्न गराउन नपालाई सुझाव समेत दिने भएका छन् ।
    त्यसबारे विस्तृत छलफल गर्न यही माघ १६ गते  बृहत भेला बस्ने भएको छ ।

No comments:

Post a Comment