Thursday, January 10, 2013

कीर्तिपुर नगरको समानुपातिक विकास गर्ने

वर्ष ९, अंक ३९ (२०६९ पुस २७ गते शुक्रबार प्रकाशित)

कीर्तिपुर नगरको समानुपातिक विकास गर्ने

    कीर्तिपुर नपाको १८ औं नगरपरिषद् आज बस्दैछ । स्थानीय निकायमा दलीय भागवन्दाको कारण सर्वदलीय सयन्त्र भङ्गपछि बस्ने नगर परिषद् कस्तो हुने ? कतिको बजेट पारित हने र के–के मा प्राथमिकता दिनेछ सबैको चासोको विषय बनेको छ ।

रामलाल श्रेष्ठ, कीनपा कार्यकारी अधिकृत


    विगतमा शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोमा विशेष प्राथमिकता दिँदै आइरहेको नगरपालिककाले अब के गर्ला यसबारे नपाको कार्यकारी अधिकृत के भन्नुहुन्छ ।
(कीर्तिपुर नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठसँग हाम्रो सम्वाददाताले नगर परिषद्को बारे गरेको टेलिफोन वार्ताको केही अंश । –सं)
१) प्रमुख ज्यु नगरपरिषद कहिले बस्दै हुनुहुन्छ ?
– आ.व. २०७०/०७१ को लागि हाम्रो कीर्तिपुर नगरपालिकाको १८ औं परिषद् २७ गते शुक्रबार बस्दैछ ।
२) यसपालिको परिषद कस्तो हुनेछ ?
–सर्वदलीय संयन्त्र भंग पछिको परिषद् कर्मचारीहरुबीच हुनेछ ।
३) कतिको बजेट आउँदैछ ?
– विगत बर्ष कै हाराहारीमा १०–११ करोडको ।
४) के कस्तोमा विशेष प्राथमिकता दिनुहुन्छ ?
–आवधिक योजनाबाट तय गरेका, विगत बर्षका अधुरा काम, र वडा वडाबाट प्रस्तावित नयाँ योजनामा विशेष प्राथमिकताका साथ कीर्तिपुर नगरको समानुपातिक विकासमा जोड दिनेछ ।
५) नपाको नयाँभवन बनाउनेबारे के भइरहेको छ ?
–हाल रहेको नगरपालिका भवन अपायक भएको जन गुनासो आइरहेको छ । नयाँ भवन बनाउनको लागि जग्गाको आवश्यकता रहेको छ । कान्जि हाउसको जग्गा भोगाधिकार लिन आवश्यक डकुमेन्ट तयार गर्न काम भैरहेको छ ।
६) शान्ति मन्त्रालयबाट उपलब्ध गराउने भनिएको रकम बारे ?
–सार्थक उपलब्धी भएन । देशमा पूर्ण बजेटको ब्यवस्था असहज भएको कारणले द्वण्द्व पीडित क्षेत्रमा भवन निर्माण गर्न भनी प्रस्ताव गरेको ३ करोड ५० लाख रकम आउँला जस्तो छैन ।

No comments:

Post a Comment