वर्ष ९, अंक ३९ (२०६९ पुस २७ गते शुक्रबार प्रकाशित)
‘हिंसा सहनुपनि हिंसा हो’
नेकपा एमालेसित आवद्ध अखिल नेपाल महिला संघको आयोजनामा कीर्तिपुर कृष्ण क्याटरिङ्ग हलमा पुस २५ गते बुधबार लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
अखिले नेपाल महिला संघका केन्द्रीय अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा वहाँले देशमा महिला माथि भैरहेको हिंसा अन्त्य हुनुपर्ने चर्चा गर्नुभयो ।
सबै नेपालीले न्याय र अन्याय छुट्याउनुपर्ने बताउँदै अन्याय गर्नेलाई दण्ड दिनुपर्ने जोड दिनुभयो ।

कार्यक्रममा काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. १०का अध्यक्ष ज्ञानबहादुर गोपाली, सदस्य रत्ना गुरुङ्ग, रमा आले, रामकुमारी महर्जन, स्वेप्त नेपालका अध्यक्ष सृजना माली प्रधान लगायतले महिला हिंसा विरुद्धबारे बोल्नु भएको थियो ।
कार्यक्रममा एमाले कीर्तिपुरका एवं अधिवक्ता सुरेन्द्र मानन्धरले नेपालमा कानुन पर्याप्त नभएको अवगत गराउँदै महिला हिंसा रोकथामको लागि जोड दिनुपर्ने बताउनु भयो । वहाँले भएको कानुनको पनि प्रभावकारी प्रयोग गर्न/गराउन राजनीतिक हस्तक्षेप रोक्नु पर्ने बताउँदै हिंसा सहनु पनि हिंसा नै भएकोले हिंसा विरुद्ध लड्न आह्वान गर्नुभयो ।
कार्यक्रम अखिल नेपाल महिला संघ कीर्तिपुर नगर समितिका अध्यक्ष विन्दु महर्जनको सभापतित्वमा भएको थियो ।

No comments:
Post a Comment