वर्ष ९, अंक ३९ (२०६९ पुस २७ गते शुक्रबार प्रकाशित)
काउखालीको ढिलाले लाखौंको क्षति हने खतरा
बास्केटबल कोट भाँस्ने खतरामा
कीर्तिपुर । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखाली) कीर्तिपुर शाखाको ढिला कामले जनसेवा उच्च माविमा नवनिर्मित बास्केटबल कोर्ट भाँस्ने खतरा बढेको छ ।
जनसेवा उमाविको विद्यालय प्राङ्गणमा विछ्याइएको खानेपानी पाइप चुहिएर बास्केटबल कोर्टको पूर्वतिर २४ सै घण्टा पानी वगेर खेर गइरहेको छ ।
महिनौं दिनपछि चुहावट पत्ता लगाउन एक हप्ता अगाडि मात्र बासकेटबल कोर्ट मैदान खाल्डो खनिएपनि पट्टा लगाउन सकेको छैन ।
कीर्तिपुर पाँगा बासीको लाखौं रुपैयाँबाट बनाएको सो कोर्टमै अब कति वटा खाल्डो खनिने हो ठेगान छैन ।
यसबारे विद्यालयका प्राचार्य नन्दकुमारी महर्जनसँग सम्पर्क गर्दा काउखालीले कहाँबाट चुहेको तुरुन्तै पत्तालगाई समाधान गर्नुपर्ने त्यसको लागि ढलान कोर्ट अन्दाजको भरमा खाल्डो खन्नुको सट्टा भलिवल कोर्टमा खाल्डो खनेर कति डिस्टान्समा चुहावट भएको सो पट्टा लगाई मात्र बास्केटबल कोर्टमा खाल्डो खन्नुपर्ने भन्नुभयो ।
काउखाली यस चुहावटबारे सजग र सतर्क भई काम ढिला नगरी समाधान नखोजेमा बास्केटबल कोर्ट भाँस्न सक्ने खतरा रहेको छ ।
बाटो पानी बगेर हिँड्न नहुने भइरहेको छ भने बाटो समेत विगारीसकेको छ ।

No comments:
Post a Comment