वर्ष ९, अंक ३९ (२०६९ पुस २७ गते शुक्रबार प्रकाशित)
हिमाल सिमेन्ट कारखानाको जग्गा बिक्रीमा ?
कीर्तिपुर वडा नं. १४ चोभार जलविनायकस्थित बन्द रहेको हिमाल सिमेन्ट कारखानाको जग्गा बिक्री गरिने भएको छ ।
नेपाल सरकार उद्योग मन्त्रालय सो कारखाना सम्बन्धमा कारखाना रहेको स्थानमा प्रदर्शनी स्थल सहित सम्मेलन केन्द्र निर्माण गर्न निजी क्षेत्रको प्रस्ताव आह्वान गर्ने सन्दर्भमा प्रमुख जिम्मेबार निकाय अर्थ मन्त्रालयलाई कार्यक्रम अधि बढाउन निर्णय गरेपछि एनआइडीसीले सो जग्गा सरकारले नै खरिद गर्न अर्थ मन्त्रालयलाई पत्र लेखेको छ ।

बैंकको जमानतमा परेको सो कारखानाका मेशिन लगायतका सामान बिक्री गर्न पटकपटक टेण्डर भैरहेको अवस्थामा अब जग्गा समेत बिक्री गर्न लागेको हो ।
सूचना विभागद्वारा आयोजित सूचना तथा संचार मन्त्रालयमा भएको प्रवक्ता पत्रकार भेटघाट कार्यक्रममा उद्योग मन्त्रालयका प्रवक्ता यामकुमारी खतिवडाले मन्त्रालयको गतिविधि प्रस्तुत गर्ने क्रममा सो जानकारी दिएको हो ।
उद्योग मन्त्रालयका गतिविधिमा मुलुकको पाँचै विकास क्षेत्रमा हस्तकला ग्राम स्थापना गर्ने क्षेत्र/स्थान निर्धारण गरेको छ ।
सुदुरपश्चिमाञ्चलको कैलालीमा घरेलु तथा साना उद्योग समितिको कार्यालय प्राङ्गण, मध्यपश्चिमाञ्चलको सुरखेतमा, पश्चिमाञ्चलको कास्की जिल्लामा, पूर्वाञ्चल मेटिङ्ग जिल्लाको सदरमुकाम विराटनगर र मध्यमाञ्चलमा चोभारस्थित स्थान तोकिसकेका छन् भने हिमाल सिमेन्ट कारखानाको बाटोे माथिपट्टिको जमिन, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र रहेको जमिन र घरेलु तथा साना उद्योग विकास समितिको स्वामित्वमा रहेको पुरानो बानेश्वर बत्तीसपुतलीको जमिनमा सम्भाव्यता भएको स्थानको रुपमा लिएका छन् ।
वहाँको अनुसार स्थान किटान भएकामा कार्य सुरु गर्न बजेट माग भैसकेको पनि जानकारी दिनुभयो ।

No comments:
Post a Comment