वर्ष ९, अंक ३९ (२०६९ पुस २७ गते शुक्रबार प्रकाशित)
टुकी र मैनबत्तीको भरमा विद्यार्थीहरू
यस वर्षको एसएलसी र जिल्लास्तरीय परीक्षामा सहभागी हुने विद्यार्थीहरू टुकी र मैनबत्ती बाल्दै परीक्षाको तयारीमा जुटिरहेका छन् ।
नजिकिरहेको एसएलसी, डीएल र यससँग सम्बन्धित परीक्षाहरूलाई ध्यानमा राखी तयारीमा जुटिरहेका विद्यार्थीहरू पनि विद्युत कटौतीको मारमा परेपछि टुकी र मैनबत्ती बालेर भएपनि परीक्षाको तयारीमा जुटिरहेका हुन् । जलस्रोतको धनी देश भएर पनि आवश्यक मात्रामा विद्युत उत्पादनमा लाग्न नसकेको देशमा विद्युत प्राधिकरणले बढाएको लोडसेडिङको सिकारमा आम उपभोक्तासँगै भविष्यका कर्णाधार मानिएका विद्यार्थीहरू पनि परेका छन् ।

– हरिसुन्दर छुकां
No comments:
Post a Comment