Thursday, January 10, 2013

“ध्रुवतारा” अन्तरक्रिया


वर्ष ९, अंक ३९ (२०६९ पुस २७ गते शुक्रबार प्रकाशित)

“ध्रुवतारा” अन्तरक्रिया

    पूँजीपति वर्गले कामदार जनताको सेवा गर्दैन र साँचो कुरा जनतालाई सिकाउँदैन, कामदार वर्गको सेवा समाजवादी व्यवस्थामा मात्र हुन्छ । सो कुरा नेमकिपा काठमाडौं जिल्ला समितिको आयोजनामा बलम्बुमा भएको ‘धु्रवतारा द्वैमासिक पूर्णाङ्क  ५ र ६ को अन्तरक्रिया’ कार्यक्रममा प्रमुख अतिथि नेमकिपाका केन्द्रीय सदस्य एवं विदेश विभाग प्रमुख प्रेम सुवालले व्यक्त गर्नुभएको हो ।
    क्यानाडाबाट पूँजीवादीको विरुद्ध समाजवादको उदयको लागि प्रकाशित नर्थस्टार कम्पासको नेपाली संस्करण हो भन्नु हुँदै नर्थस्टार कम्पास स्पेन, फ्रान्स, अंग्रेजी, रुसबाट प्रकाशित छ भन्नुभयो ।
    अमेरिकी साम्राज्यवाद र नाटो राष्ट्रले आफ्नो स्वार्थमा साना देशमाथि एकपछि अर्को आक्रमण गरेको विरोधमा चिनियाँ चीन र रुसको भिटो प्रयोगले अमेरिका झस्केको छ भन्नुभयो ।
    वहाँले वर्तमान राजनैतिक अन्योल लम्बिनुमा शासक दलहरुको अकर्मन्यता र अदुरदर्शी हो भन्नुहुँदै नेमकिपाले राखेको प्रस्ताव स्वतन्त्र र तटस्थ व्यक्तिको नेतृत्वमा निर्वाचनमा भाग नलिने निर्वाचित सरकार गठन गरी संसदको चुनाव गर्नुपर्ने बताउनुभयो ।
    संविधानसभाको निर्वाचन या पुनःस्थापना जातजाति र भाषाभाषीको बीचको द्वन्द्व जन्माउने बीऊ सावित भैसकेको संविधानसभाको अवसानले प्रस्ट पारेको छ भन्नुभयो ।
    जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा नरमान महर्जन, गुणदास महर्जन, वीर बहादुर महर्जन, प्रतिभा श्रेष्ठ, रविना डंगोल, कृष्णहरी महर्जन, हरिकुमार महर्जन, गीता महर्जन, जितबहादुर महर्जन, श्याम बहादुर श्रेष्ठ, नानीमाया श्रेष्ठ, मदन डंगोल, श्यामकुमार महर्जन, रविन्द्र महर्जन, नानी मैंया लामा, राजवीर डंगोललगायतले अन्तरक्रियामा आ–आफ्नो विचार राखेको थियो ।

No comments:

Post a Comment