वर्ष ९, अंक ४४ (२०६९ फागुन ४ गते शुक्रबार प्रकाशित)
पेट्सान कप एपीएफको हातमा
पेट्सान कप प्राइमरी स्कुल फुटबल टुर्नामेन्ट प्रतियोगिता २०६९ को उपाधि एपीएफ ले प्राप्त गरेका छन् ।
आर्मड पुलिस फोर्स (एपीएफ) विद्यालय चम्पादेवी बाघभैरवको खेल मैदानमा २९ गते भएको फुटबल फाइनलमा आयोजक एपीएफले पाँगा माविलाई पराजित गरी प्रथम उपाधी हात पारेको हो ।
विजयी विद्यालयका टीमलाई पेट्सानका केन्द्रीय अध्यक्ष रमेशमान महर्जनले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।
माघ २७ गतेबाट सुरु भएको सो प्रतियोगितामा ७ टीमबीच नक आउटको आधारमा खेल भएको थियो ।
पहिलो दिन क्रियटिभले मंगललाई ७–० ले र एपीएफले जनसेवालाई ३–१ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको थियो । दोस्रो दिन पाँगाले मोर्डनलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो ।
सेमिफाइनलमा एपीएफले क्रियटिभलाई र पाँगाले राराहिललाई पराजित गरी अन्तिम यात्रा तय गरेको थियो ।

No comments:
Post a Comment